- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरखाजाको खर्च असहायलाई सहयोग

खाजाको खर्च असहायलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, १७ फागुन ।
तुलसीपुरमा रहेको एक निजी विद्यालयका अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च जम्मा गरेर असहाय बालविकास केन्द्रमा सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बर–पिपल चौतारी टोलमा रहेको दाङ भ्याली इङ्लिस मिडियम स्कुलमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरुले एक वर्षको खाजा खर्च बचत गरेर तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको असाहय बालविकास केन्द्रमा सहयोग गरेका हुन् ।
अनाथ बालबालिकाहरुलाई आश्रय दिएको केन्द्रलाई खाजा खर्चको रकमले खाद्यान्न सहयोग गरिएको विद्यार्थी सितल केसीले बताए ।
पश्चिम नेपालका विभिन्न जिल्लाका १४ जना बालबालिका केन्द्रमा रहेको र उनीहरुको पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयका विद्यार्थीहरुले आफूले खाने खाजा खर्चबाट केही रकम बचत गरेर असहाय केन्द्रमा सहयोग गरेको विद्यालयका सह–प्रधानाध्यापक केशर सिं बुढाथोकीले जानकारी दिए ।
विद्यालयले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको र यसपटक विद्यार्थीहरुको सक्रियतामा बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको विद्यालयका संस्थापक प्रधानाध्यपक तथा सञ्चालक समिति अध्यक्ष तिलक साहुले बताए । केन्द्रमा ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरु रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here