Saturday, March 23, 2024
Homeफिचरखप्तडी बस्नेत वंशावली तथा उत्थान समितिको साधारण सभा

खप्तडी बस्नेत वंशावली तथा उत्थान समितिको साधारण सभा

- Advertisement -spot_img

दाङ, असोज ११ खप्तडी बस्नेत वंशावली तथा उत्थान समिति केन्द्रीय कार्यालय दाङको १३औँ वार्षिक साधारण सभा तथा दसैँ मिलन कार्यक्रम शनिबार दाङको हेमन्तापुरमा सम्पन्न भयो ।
समितिका अध्यक्ष डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डाक्टर रमेश बस्नेतले यस संस्थासँग हातेमालो गर्दै स्वास्थ्य शिविर संचालन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बहादुर बस्नेतले खप्तडी बस्नेत बन्धुहरुको उत्थानमा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमा जेष्ठ नागरिकहरु ८३ बर्षका लिलाधर बस्नेत र ८४ बर्षकी लिलावती बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यस्तै २०७५ सालको कभभ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने पुजन बस्नेत, पूजा बस्नेत, अनिश बस्नेत र सिम्बा बस्नेतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बहादुर बस्नेत, गोबर्धन बस्नेत, डिल्ली बस्नेत संगित लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समितिका कोषाध्यक्ष केशव बस्नेतले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने सहसचिब ओमप्रकाश बस्नेतले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो, काक्रमको सहजिकरण दल बहादुर बस्नेतले गर्नुभएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here