Thursday, March 28, 2024
Homeसमाजखड्कालाई स्वस्थ्य पत्रकारिता पुरस्कार

खड्कालाई स्वस्थ्य पत्रकारिता पुरस्कार

- Advertisement -spot_img

तुलसीपुर,९चैत । तुलसीपुरका बसन्त आचार्यले स्थापना गरेको पार्वता आचार्य स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार गोविन्द खड्कालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको उक्त पुरस्कार पार्वती आचार्यको स्मृतिसभाको अवसरमा वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रका महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले समाजका नागरिकको पहुँचमा स्वास्थ्य सेवा अझै नपुगेको बताए । उनले निजी क्षेत्रका स्वास्थ्य जबरजस्त प्रवेश हुँदा सेवा प्रवाह कमजोर बन्दै गएको बताए । यसतर्फ पत्रकारले कलम चलाउनुपर्नेमा उनले जोड दिएका छन् । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरका कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले समाजले सम्मान गर्ने खालको पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । पत्रकार गोविन्द खड्कालाई पुरस्कृत गरिएको छ । उनलाई आठ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियोे ।
कार्यक्रममा स्वर्गीय पार्वताका श्रीमान बसन्त आचार्यले पत्रकारिताको माध्यमबाट स्वास्थ्य क्षेत्रमा सचेतना जगाए सर्वसाधारणले समयमा आफ्नो रोगको निदान गर्न सकून् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताएका थिए । स्वास्थ्यकर्मीसमेत रहेकी पार्वताको २०७४ साल चैत ७ गते उपचारका क्रममा निधन भएको थियो । पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भूपेन्द्र वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here