खड्काको प्रथम स्मृति दिवस

फिचर मुख्य खबर

देउखुरी, १७ चैत । नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको एक वर्ष पुगेको छ । लामो समयसम्म नेपाली राजनैतिक क्षेत्रमा रहेर आफूलाई स्थापित गराउन सफल भएका लोकप्रिय नेता खड्काको २०७४ साल चैत्र १६ गते उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।
समग्र दाङको विकासका लागि महङ्खवपूर्ण भूमिका निभाएका स्व.नेता खड्काको अभाव समग्र दङ्गाली जनता र नेपाली काँग्रेसले भोगिरहेको छ । खड्काको निधनले भएको एक वर्ष पुगेको अवसरमा पारेर जिल्लामा प्रथम स्मृति दिवसका कार्यक्रमहरुसमेत भएका छन् । नेपाली राजनैतिक क्षेत्रमा उनले पु¥याएको योगदान र अभिभावकत्वलाई स्मरण गर्दै प्रथम स्मृति दिवस कार्यक्रम मनाईएको हो ।
यसैबीच खड्काको निधन भएको एक वर्ष पुगेको अवसरमा नेपाली काँग्रेस दाङले लमहीमा प्रथम स्मृति दिवस कार्यक्रम गरेको छ । कार्यक्रम बोल्ने वक्ताहरुले निधनले दाङको विकासमा ठूलो क्षति पुगेको बताए ।
स्व.नेता खड्का विकासप्रेमी, कार्यकर्ता संरक्षक र दाङलाई माया गर्ने नेताको रुपमा रहेको बताउँदै सहभागीहरुले उनको निधनले दाङको विकासमा नेतृत्वको अभाव खड्किएको बताएका थिए । कार्यक्रममा खड्का परिवारले विद्यालयमा दुई लाख बराबरको खुमबहादुर खड्का स्मृति अक्षयकोषको स्थापना गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कीर्तिबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवारले दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको हो । विद्यालयमा अध्ययन गर्ने जेहेन्दार, लगनशील तथा मेहनती विद्यार्थीहरुको उच्च शिक्षाका लागि सहयोग गरिने छ ।
सैगरी नेपाली काँग्रेस दाङले खड्काको स्मृतिमा स्मारिका प्रकाशन गर्ने जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । कार्यक्रममा खड्काकी श्रीमती तथा केन्द्रीय सदस्य शिला खड्का, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ, पूर्व सांसद गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, बुद्धिराम भण्डारी, राजु खनाल, सुशीला चौधरी, पूर्व सभापति घनश्याम रेग्मी, मोहनलाल ओली, हरि रजौरे, नेपाली काँग्रेस जिल्ला उपसभापति कमानसिंह भारती, सचिव टेकबहादुर ओलीलगायतले खुमबहादुर खड्काले अंगालेको विचार पार्टी र कार्यकर्ता अंगाले मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिए । स्व. खडकाका पुत्र अनुराग खड्काले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

संघले सम्झियो खड्कालाई

तुलसीपुर, १७ चैत । प्रजातान्त्रिक उद्यमी उद्योग व्यवसायी संघ तुलसीपुर नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई सम्झिएको छ । खड्काको प्रथम स्मृति दिवसको अवसरमा तुलसीपुर एक कार्यक्रमको आयोजना गरी नेता खडकाको स्मरण गरेको हो ।
संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले खड्काको योगदानको चर्चा गरेका थिए । उनीहरुले नेपाली राजनीतिमा खड्काका भूमिका र जिल्लाको विकासमा खड्काले देखाएको अग्रसरका अतुलनीय भएको बताए ।
यसै बीच संघको बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ । बैठकले नयाँ वर्षको अवसरमा यही बैशाख ७ गते शुभकामना आदाप्रदान कार्यक्रम बबई गाउँपालिकास्थित चिसापानीमा गर्ने निर्णय गरेको छ ।
त्यस्तै नयाँ वर्षको अवसरमा क्यालेन्डर प्रकाशन, कार्यालयको भौतिक संरचना मर्मत संभार लगायतका कामहरु गर्ने निर्णय गरेको छ । कार्यक्रमको सहजीकरण संघका महासचिव झलक केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *