- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरक्षयरोगको औषधी अभाव

क्षयरोगको औषधी अभाव

- Advertisement -spot_img

दाङ, ५ साउन । राज्यले क्षयरोगका बिरामीलाई निःशुल्क प्रदान गर्दै आएको औषधी दाङमा अभाव देखिएको छ । क्षयरोगका बिरामीले नियमित रुपमा सेवन गर्नुपर्ने औषधीको जिल्लामा अभाव भएपछि क्षयरोगका बिरामीहरु मर्र्कामा परेका छन् ।
लामो समय बितिसक्दा पनि समयै औषधीको व्यवस्थापन हुन नसक्दा ६ महिनासम्म निरन्तर औषधी सेवन गर्ने बिरामीहरु बढी समस्यामा परेको स्थानीय स्वास्थ्य संस्थाका प्रमुखहरुले जानकारी दिएका छन् ।
बिरामी विवरण र औषधी खरिद प्रक्रियामा त्रुटी हुँदा पर्याप्त औषधी उपलव्ध नभएको र व्यवस्थापनमा समेत समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा नै औषधी अभाव हुँदा अहिले जिल्लाभरका स्वास्थ्य संस्थाहरुको यसको सहज आपूर्ति हुन नसकेको बताएको छ । औषधी नहुँदा बिरामीहरु स्वास्थ्यबाट रित्तो हात लिएर फर्कनुपर्ने बाध्यता रहेको छ भने समयमै औषधी सेवन गर्न पाउने सुविधाबाट बञ्चित भएका छन् ।
शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरी बहादुर पुनले क्षयरोगको औषधी गाउँपालिकामा अभाव भएको बताए । ‘हामीले जिल्ला प्रदेशसँग औषधी माग ग¥याँै तर कतै उपलब्ध हुन सकेन’ उनले भने ‘अन्य स्थानीय तहमा जाँदासमेत क्षयरोगको औषधी पाउन सकेनाँै ।
स्वास्थ्य कार्यालयसँग औषधी व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ ।’ औषधी नहँुदा बिरामीलाई धेरै नै समस्या भएको छ । दाङमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा अहिले क्षयरोगका बिरामीहरुलाई प्रदान गरिने विभिन्न प्रकारका औषधीहरुको अभाव छ । भएका स्वास्थ्य संस्थामा पनि म्याद सकिएका औषधीहरु रहेको पाइएको छ ।

लामो समय बितिसक्दा पनि समयै औषधीको व्यवस्थापन हुन नसक्दा ६ महिनासम्म निरन्तर औषधी सेवन गर्ने बिरामीहरु बढी समस्यामा परेको स्थानीय स्वास्थ्य संस्थाका प्रमुखहरुले जानकारी दिएका छन् ।

प्रदेश र संघीय सरकारको मातहतबाट जिल्लामा औषधी वितरण हुने हुँदा औषधीको उचित व्यवस्थापन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका क्षयकुष्ट अधिकृत डम्वर कुँवरले बताए ।
अहिले स्वास्थ्य कार्यालयमा क्षयरोगका बिरामीहरुका लागि आवश्यक पर्ने एचआरजेटटी, एचआरजेट चाईल्ड, एचआरजेट एडल्ट औषधीहरुको अभाव रहेको उनले पुष्टि गरे ।
बिरामीहरुको संख्याको आधारमा सरकारले औषधी पठाउने भएकाले नयाँ बिरामी थपिएमा समयमै औषधी व्यवस्थापन गर्न समस्या हुँदै आएको कँवरको भनाई छ ।
‘हामीले प्रदेशलाई जिल्लामा औषधि पठाईदिनु प¥यो भन्दै बारम्बार भनिरहेका छौँ तर प्रदेशले छैन भन्छ’, उनले भने ‘सरकारले पनि यसपटक औषधीको टेन्डर गर्ने व्यवस्था नगरेकाले पनि थप समस्या भएको छ ।’
लामो समयदेखि निरन्तर औषधी सेवन गर्दै आएका बिरामीहरुलाई ६ महिनासम्म पुग्ने औषधी एकैपटक दिने गरेको भए पनि बिरामीको संख्याको आधारमा ५० प्रतिशत मात्र औषधी सरकारले पठाउँदा पूरा समयको लागि औषधी दिन नसकिएको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय दाङका स्टोर किपर भूपबहादुर मल्लले सरकारले माग अनुसार नपठाई दिदा नयाँ बिरामीहरुका लागि औषधी व्यस्थापनमा समस्या देखिएको बताए ।
बिरामी संख्याको आधारमा ९ हजार ६ सय १२ वटा औषधी माग गरेको भएपनि ५ हजार ४० औषधी मात्र प्राप्त भएको उनले बताए । ‘हामीले औषधी स्वास्थ्य संस्थाहरुले पठाएको अर्डर फाराम अनुसार माग गर्न पाउँछौँ,
त्यो फाराममा जति आवश्यक छ त्यति नै औषधी सरकारले पठाउँछ’ उनले भने ‘तर बीचमा नयाँ बिरामी थपिए भने ठूला अस्पतालहरुको समन्वयमा औषधी व्यवस्थापन गर्ने गरिएको छ । तर अहिले सबै ठाउँ अभाव हुँदा समस्या बढेको हो ।
बिरामीहरुका स्वास्थ्यलाई ध्यानमा राख्दै पायक पर्ने ठाउँका अस्पतालहरुमा सापटी गरेर भएपनि नपुगेका बिरामीहरुलाई औषधी उपलव्ध गराउने गरेका छाँ’ै उनले भने ‘अस्पतालहरुमा बाहिरबाट पनि बिरामी आउने भएकाले औषधी पुग्दैन । अभाव रहेको क्षेत्रमा छिट्टै औषधीको व्यवस्थापन गरिने बताए ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले फिजिकल काउन्ट गरेर मात्र औषधी पठाउने जानकारी प्राप्त भएकाले साउन १५ सम्म औषधीको पूर्ण व्यवस्थापन हुन सक्ने स्वास्थ्य कार्यालयले बताएको छ ।
सरकारले विवरणका आधारमा मात्र औषधी पठाउने गरेकाले नयाँ बिरामीहरुका लागि औषधी व्यवस्थापनमा समस्या रहेको हो । गत असार महिनादेखि जिल्लामा प्रशस्त मात्रामा औषधी व्यवस्थापनमा समस्या भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here