- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरक्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनियो

क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनियो

- Advertisement -spot_img

तुलसीपुर, ११ बैशाख । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावतलाई कार्यकक्षभित्रै अनेरास्ववियुका विद्यार्थीले थुनेका छन् ।
राजनीतिक भागबण्डा नमिलाएको र राजनीतिक सहमति कार्यान्वयन नगरेको आरोपमा सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कार्यकक्षभित्र थुनेका हुन् ।
९ गते दिउँसो क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै १० बुँदे माग राखेका विद्यार्थीले मंगलबार तालाबन्दी गरेका हुन् । क्याम्पस प्रमुखलाई थुनेर गरिएको तालाबन्दी प्रहरी फोडेको थियो ।
क्याम्पसमा सहायक क्याम्पस प्रमुख नियुक्त भएपछि अनेरास्ववियुले राजनीतिक सहमति अनुसार नेकपा निकटको व्यक्तिलाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने र त्यसो नभएको भन्दै विरोध गर्दै आएको थियो ।
सहायक क्याम्पस प्रमुखको नियुक्तिमा हेरफेर गर्ने दबाव दिदै २४ घण्टे अल्टिमेटम दिइ ज्ञापन बुझाइएको क्याम्पस प्रमुख रावतले बताए । ज्ञापनपत्रमा ९ नम्बर बँुदामा अहिलेको प्रशासनसँग राजनीतिक सहमति र सहकार्य अनुसार अघि बढ्ने सहमति भए पनि सहमति विपरीत एकलौटी ढंगले अगाडि बढेकाले तत्काल त्यस्ता कार्य सच्याई सहमति कार्यान्वयन गनु पर्ने उल्लेख गरिएको छ ।
अनेरास्वियुका १० वटा मागहरुको बारेमा विद्यार्थी संगठनहरुसँग छलफल गर्ने तयारी भइरहेका बेला एकाएक वडा सदस्य, गैर विद्यार्थीलगायतको झुण्ड आएर तालाबन्दी गरेको क्याम्पस प्रमुख रावतले बताए ।
क्याम्पसलाई विधि ऐन र सिस्टममा सञ्चालन गर्ने हो, क्याम्पस प्रमुख रावतले भने, राजनीतिक दबावले क्याम्पसका गतिविधि हुँदैनन् । मैले जेष्ठता, क्षमता र योग्यताको आधारमा नियुक्ति गरेको हुँ, कुनै दलको मसँग राजनीतिक सहमति भएको छैन । विद्यार्थीहरुले राखेका मागहरुलाई कार्यान्वयन गर्न केही दिनदेखि नै काम थालिरहेका छौँ– उनले भने ।
तालाबन्दी गर्ने र क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुन्ने कार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दुजमान भण्डारी (वर्षात) पनि सहभागी भएको बताइएको छ ।
उनी क्याम्पसका पूर्व विद्यार्थी पनि हुन् । अनेरास्ववियु दाङका अध्यक्ष बिरवल खड्काले मागहरुको सुनुवाई नभएको हुँदा क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै थुन्नु परेको बताए ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष खड्काले वडा सदस्य आन्दोलनमा सहभागी भएको बताए । वडा सदस्य भण्डारीले ताल लगाउने समयमा आफू क्याम्पस गएको तर त्यो कार्यमा प्रत्यक्ष संलग्न नभएको दाबी गरेर क्याम्पस गएको हुँ हिजो पनि र आज पनि तर मेरो अगुवाईमा ताला लगाउने काममा भएको हैन । मेरो ऐक्यवद्धता उक्त कार्यमा भने रहेको छ ।
भण्डारी ज्ञापनपत्र बुझाउँदा पनि सँगै गएको क्याम्पसले जनाएको छ । विद्यार्थी संगठनको शैक्षिक सुधारको माग छ । उनीहरुको मागमा राजनीतिक सहमति पूरा गर्नुपर्ने भन्ने पनि छ ।
त्यसको अर्थ सहायक क्याम्पस प्रमुख नेकपाको हुनुपर्ने भन्ने माग उनीहरुले गरेको क्याम्पस प्रमुख रावतले बताए । क्याम्पस प्रमुख रावतले ताला लगाउँदैमा र थुन्दैमा आफू विचलित नहुने दृढता व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले क्याम्पसको समस्या समाधानका लागि सञ्चालक समिति तयार भएको भन्दै वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताए । उनले ताला लगाएर क्यामपस प्रमुखलाई थुनेर कुनै काम नहुने बताए ।
‘क्याम्पस प्रमुखसँग केही सहमति भएको भए त्यो हामीलाई जानकारी छैन’ केसीले भने ‘तर सञ्चालक समितिसँगै कुनै पनि लिखित र मौखिकरुपमा राजनीतिक सहमति भएको छैन ।’ उनले क्याम्पसको तालाबन्दी गरेर पढ्न पाउने विद्यार्थीको अधिकारमाथि खेलवाड नगर्न आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here