कोरोना त्रास र बैंक तथा वित्तीय क्षेत्रमा प्रभाव

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई नै आतंकित बनाएको छ । युरोप अमेरिका हुँदै दक्षिण एसियामा पनि यसले महामारीको रुप लिइसकेको अवस्था छ । स्वस्थ्य संकटको यो अकल्पनीय र निकै संवेदनशील अवस्थामा विश्व गुज्रिदैछ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि देश पूरै लकडाउन भएपनि बैंकहरुले दिने सेवा सुविधा यथावत छ । राष्ट्र बैंकले अर्थतन्त्रमा समस्या नपरोस् भनेर सहुलियत समेत घोषणा गरिसकेको अवस्था छ । चैतमा तिर्नुपर्ने साँवा, ब्याज असारमा तिरे पनि हुने र चैतमै तिरे भने ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था छ ।

व्यापारीहरुलाई साँवा र ब्याज तिर्न अप्ठेरो छ जसका कारण असारसम्म तिर्न समय थप गरिएको छ । यसर्थ चैतमा आउने पैसा असारमा आउने भयो । यसले गर्दा प्रत्यक्ष असर बैंकिङ क्षेत्रलाई परेको छ । अर्थतन्त्र र आर्थिक कारोवार बैंकिङ क्षेत्रका परिपूरक हुन् । यो अवस्थामा बैंकिङ क्षेत्र पनि प्रभावित भएको अवस्था छ । लकडाउनपश्चात् प्राय बैंकहरुले समय मिलाएर अत्यावश्यक सेवाहरु प्रदान गरिरहेका छन् ।

विद्युतीय कारोवारलाई प्रोत्साहन गरिएको छ र लकडाउनलाई मध्यनजर गरी हाललाई एटिएमलगायत मोबाइल बैंकिङ र अन्य Modern Banking Product हरुको कारोवारमा छुट दिने निर्णय गरिएको छ । र अहिले भएको टेक्नोलोजी पनि सहर केन्द्रित छ यो गाउँ–गाउँसम्म पु¥याउने एउटा अवसर पनि हो । टेक्नोलोजी प्रयोग हुने हो भने घरमा पैसा भएर पनि तिर्न नपाउने स्थिति आउने छैन ।

बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी व्यवस्थापन अहिलेको मुख्य चुनौतीपूर्ण विषय बनेको छ । नगद कारोवार, विभिन्न ग्राहकहरुको उपस्थितिजस्ता कारणहरुबाट हुन सक्ने असरहरुबाट कर्मचारीहरु भयवित छन् । जसले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा जोखिम बढाइरहेको अवस्था छ ।

अन्तमा,
यस विश्वव्यापी महामारीसँग बच्ने एकमात्र उत्तम उपाय घरमै बसी सामाजिक दूरी कायम गरी संक्रमणलाई रोकथाममा सहयोग पु¥याउनु नै हो । हामी अलग–अलग रहेर सँगसँगै सहकार्य गरौं । टोल समाजका सम्पूर्ण नागरिक संघ, संस्था एवं राजनीतिक दलहरु एकतावद्ध भई कोरोना महामारीबाट बच्न र बचाउन सकारात्मक पहल गरौं ।