कोरोनाभाइरस र बैकल्पिक शिक्षा

फिचर विचार

प्रदेश नं. ५ मा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै छ । पछिल्लो तथ्याङ्क अनुसार ५ नं. प्रदेशमा ३ हजार १ सयभन्दा बढी संक्रमित भैसकेका छन् । दाङमा मात्र ३ सय ८२ जना संक्रमित भैसकेका छन् र अझै कयांै क्वारेन्टाइनमा बसिरहेका छन् ।
अहिले दाङ जिल्लामा दैनिक २० जनाभन्दा माथि कोरोना संक्रमित भेटिरहेको अवस्था छ । एकातिर संक्रमित दैनिक भेटिनु र अर्कोतिर क्वारेन्टाइन र आइसुलेसन ब्यवस्थित नभएका गुनोसाहरु दिनदिनै भेटिने गरेको पाइन्छ ।
कोरोना महामारीसँगै शिक्षाक्षेत्र अन्यौलग्रस्त बनेको छ । शिक्षा नैसर्गिक र जन्मसिद्ध अधिकार हो । तर कोरोना–भाइरसका कारण अहिले सम्पूर्ण निजी तथा सरकारी शैक्षिक संस्थाहरु बन्द रहेका छन् । कोरोना महामारी अन्त्यको अनिश्चतासँगै शैक्षिक संस्था खुल्ने नखुल्ने अन्यौल नै छ ।
सामान्य अवस्था हुन्थ्यो भने यो समय पढाइ द्रूत गतिमा चलिरहेको हुन्थ्यो । तर कोरोनाका कारण अहिले चारैतिर सुनसान छ । देशका अधिकांश सामुदायिक विद्यालयहरु क्वारेन्टाइको रुपमा प्रयोग भइरहेका छन् ।
लामो समय विद्यार्थीको पढाइ प्रभावित भएपछि पछिल्लो समय कतिपय विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन गरेका छन् । शिक्षा मन्त्रालयले समेत विद्यालय तहमा अनलाइन र अन्य शिक्षण विधि प्रयोग गरी विद्यार्थीलाई घरबाटै पढाउने ब्यवस्था गरिएको बताइरहेको छ ।

कतिपय परिवारलाई बिहान खाए साँझ के खाने ? भन्ने समस्याले पिरोलिरहेको हुन्छ । के यस्तो परिवारका छोराछोरीहरुलाई यो शिक्षा उपयुक्त होला त ? निजीभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु यसको पहुँचबाट टाढा रहने देखिन्छ । के कुना–कुनामा रहेका विद्यार्थीसम्ग यसको पहुँच छ त ? सोच्न जरुरी छ । यि माध्यम केहीका लागि उपयोगी भएता पनि धेरै विद्यार्थीको पहुँच बाहिर छ ।


जसका लागि सात करोड रकमसमेत छुट्टाएको छ । तर यो शिक्षा कुन वर्गका र कस्ता विद्यार्थीका लागि हो भन्ने भने अन्योल छ ।
त्यस्तै अनलाइन कक्षामा सहभागी हुन नसक्नेका लागि स्थानीय सरकार र विद्यालयको समन्वयमा टेलिभिजन तथा रेडियोबाट पनि कक्षाहरु सञ्चालन भएका छन् । तर कतिपयले यसलाई विद्यालयको शुल्क असुल्ने बाटो मात्र हो भनि आलोचना गरिएको पनि पाइन्छ ।
खासगरी लामो समयदेखि विद्यार्थी घरमा बस्दा सिकाइबाट बञ्चित नहुन् भन्नका लागि यो कक्षा सञ्चालन गरेको पाइन्छ । स्थानीयस्तरमा यसरी सञ्चालनमा रहेका बैकल्पिक शिक्षाले केही विद्यार्थीलाई राहत त पुग्ला तर प्रभावकारी भने नहुने देखिन्छ ।
असारको महिना किसानहरुको मानो रोपेर मुरी उब्जाउने समय हो । आजभोलि गाउँघरमा धेरैजसो मानिसहरु खेतीपातिमै ब्यस्त हुन्छन् । यो समय भनेको मरेको लासलाई छोपेर खेती गर्ने समय हो भन्ने उखान छदैछ । अनि हामी कसरी बैकल्पिक शिक्षाको आशा गर्छौ ?
यि कक्षाहरुका लागि विद्यार्थीको गतिविधिमा निगरानी राख्नका लागि अभिभावकको आवश्यक पर्दछ । केही हुनेखाने वर्गका लागि केही समय उनीहरुको बच्चा भुलाउने बाटो त होला तर प्रभावकारी हुन भने गाह्रो छ ।
विद्यार्थीकै कुरा गर्नुपर्दा कतिपय विद्यार्थीहरु दूरदराजमा रहेका छन्, जहाँ अहिलेसम्म बिजुली बत्तीसमेत पुग्न सकेको छैन । अनि अर्को कुरा भारतसँग सीमाना जोडिएका गाउँबस्तीहरुमा भारतीय रेडियो र टेलिभिजनको प्रभाव धेरै रहेको हुन्छ ।
अनि सहरमा रहेका नेपाली रेडियो र टेलिभिजनबाट सीमानामा रहेका विद्यार्थीसम्म बैकल्पिक शिक्षाको पहुँच कसरी हुनसक्छ ? शिक्षा भन्ने कुरा हुनेखानेका लागि मात्र होईन, हँुदा खानेका लागि पनि हो ।
कतिपय परिवारलाई बिहान खाए साँझ के खाने ? भन्ने समस्याले पिरोलिरहेको हुन्छ । के यस्तो परिवारका छोराछोरीहरुलाई यो शिक्षा उपयुक्त होला त ? निजीभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु यसको पहुँचबाट टाढा रहने देखिन्छ । के कुना–कुनामा रहेका विद्यार्थीसँग यसको पहुँच छ त ? सोच्न जरुरी छ । यि माध्यम केहीका लागि उपयोगी भएता पनि धेरै विद्यार्थीको पहुँच बाहिर छ ।
यो बैकल्पिक कक्षाको प्रभावकारिता कत्तिको छ भनेर मूल्याङ्कन पनि गरिएको छैन । हचुवाको भरमा हात्तीको देखाउने दातसरह यसरी कक्षा सञ्चालन गर्नु बालुवामा पानी हाले सरह हो ।
त्यसैले सबैको पहुँच अनुसारको वैकल्पिक शिक्षा प्रणालीको विकास गर्न जरुरी रहेको देखिन्छ । यस्तो बेलामा यसप्रकारको क्रियाकलापहरु प्रचारमुखी त बन्ला तर ब्यवहारिक भने हुन सक्दैन ।
लकडाउनको समयमा रहेको शैक्षिक दूरीलाई लकडाउनपछि अतिरिक्त कक्षामार्फत कम गर्न सकिन्छ । तै पनि अहिले नै केही गर्ने हो भने सानो समूह बनाई सामाजिक दूरी कायम गरेर एउटै टोल वा छिमेकमा बस्ने विद्यार्थीको समूह बनाई शिक्षण गर्न सकिन्छ ।
त्यस्तै निश्चित तालिका बनाई सम्बन्धित टोलका माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहयोग लिई शिक्षक साथीहरुमार्फत सहजीकरण गर्न सकिन्छ । स्थानीय शिक्षकहरु बढी रहेको ग्रामीण परिवेशमा यो उपाय बढी प्रभावकारी हुनसक्छ ।
नत्र भने ‘खाने भए खाँ नत्र भने घिच’ जसरी वैकल्पिक कक्षा सञ्चालन गर्नु कत्तिको उपयुक्त होला ? यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *