- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरकोचाकोच सार्वजनिक यातायात, कम सिट, धेरै यात्रु

कोचाकोच सार्वजनिक यातायात, कम सिट, धेरै यात्रु

- Advertisement -spot_img

घोराही, २३ जेठ ।
दाङमा चल्ने लामो तथा छोटो दुरीका यातायातका साधनले तोकिएको सिटभन्दा बढी यात्रु बोक्ने गरेका छन् । जिल्लाबाट छुट्ने तथा भित्रिने लामो तथा छोटो दुरीका यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिमसँगै यात्रुलाई सास्ती हुने गरेको छ ।
तोकिएको सिट क्षमताभन्दा बढी यात्रु राख्ने सार्वजनिक सवारी साधनलाई कारबाही हुने व्यवस्था भएपनि दाङमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीका साधनलाई कारवाही हुन सकेको छैन् । यातायात व्यवसायीले सहरी क्षेत्रमा बसभित्र कोचाकोच गरेर यात्रु राख्ने तथा ग्रामीण क्षेत्रको सडकमा पिक–अप तथा जीपले जथाभावी यात्रुहरु बोक्ने गरेका कारण यात्रा गर्न असहज भएको यात्रुहरुको गुनासो छ ।
जिल्लाको छोटो दुरीको मुख्य सडक तुलसीपुर–घोराही–लमही सडकखण्डमै चल्ने यातायातका साधनले कोचीकोची यात्रु बोक्ने गरेका छन् । यो सँगै जिल्लाका विभिन्न ठाउँमा यातायात व्यवसायीको यस्तै मनपरी चल्ने गरेको घोराहीका राजु योगीले बताए । उनी भन्छन्– कोचाकोचको यात्राले बालक, अशक्त नागरिक तथा बृद्धवृद्धा बढी समस्यामा पर्ने गरेका छन् । ट्राफिक प्रहरीको चेकपोष्ट नजिकै यात्रु झार्ने र चेकपोष्ट कटेपछि फेरी कोचाकोचमै यात्र गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

तोकिएको सिट क्षमताभन्दा बढी यात्रु राख्ने सार्वजनिक सवारी साधनलाई कारबाही हुने व्यवस्था भएपनि दाङमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीका साधनलाई कारवाही हुन सकेको छैन् । यातायात व्यवसायीले सहरी क्षेत्रमा बसभित्र कोचाकोच गरेर यात्रु राख्ने तथा ग्रामीण क्षेत्रको सडकमा पिक–अप तथा जीपले जथाभावी यात्रुहरु बोक्ने गरेका कारण यात्रा गर्न असहज भएको यात्रुहरुको गुनासो छ ।


ट्राफिक प्रहरीले चेक गरेजस्तो गरेर जरिवाना गराएपनि कोचाकोचको यात्राले दुर्घटनाको जोखिम बढाएको राजपुर गाउँपालिका–५ की रेणु वली बताइन् । सार्वजनिक बसमा यात्रा गर्दा सर्वसाधारण यात्रुले पाएको सास्ती र हैरानी भनि साध्य नै छैन् । ट्राफिक प्रहरीले कारवाही गरेजस्तो मात्र गर्छ जरिवाना तिरेपछि कोचाकोचको सवारी साधनलाई पनि चल्न दिइन्छ, उनले भनिन्, ‘बसको छतमा यात्रु राख्ने परम्परा सहरी क्षेत्रमा घटेपनि ग्रामीण क्षेत्रमा अझैपनि कायमै छ, जसका कारण दुर्घटनाका जोखिमहरु बढ्दै जान थालेका छन् ।’
प्रहरी देख्दा यात्रुहरुलाई पैदल हिडाउने र प्रहरीको आँखा छलेर फेरि गाडीमा चढाउने काइदा पनि उनीहरुले अपनाउने गरेका छन् । दाङमा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनमा आरक्षण सिट पनि कार्यान्वयनमा आउन सकेको छैन् । जसका कारण बृद्धबृद्धा तथा अशक्त बढी समस्यामा पर्ने गरेका छन् ।
यसैबीच जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख मदन कुवरले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीका साधनलाई कारवाहीको प्रक्रिया अघि बढाएको बताएका छन् । उनले निर्देशन गर्दागर्दै पनि विभिन्न बाध्यतात्मक स्थिति आउने गरेको भन्दै यसका लागि स्वयम् सचेत हुनुपर्ने बताए । दाङबाट छुट्ने तथा भित्रिने सवारीका साधनमा निगरानी बढाएको उनको भनाइ छ । उनले यात्रुहरुलाई समेत क्षमताभन्दा बढी मात्रामा यात्रु बोक्ने सवारीमा नचढ्न सुझाव दिए । यातायातका साधन पर्याप्त मात्रामा नहुँदा समस्या समाधान हुन नसकेको स्विकार गरे । तोकिएको क्षमताभन्दा बढी यात्रु बोकेको पाइएमा तीन पटकभन्दा बढी कारवाहीमा परेका चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन गरिने कानुनी व्यवस्था छ ।
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका पूर्व उप–महासचिव सुरेश हमालले सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु नबोकेको बताएका छन् । उनले सिट क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई कारवाही गरिने बताए । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुहरुको चाप बढी भएपनि चापलाई मध्यनजर गर्दै सवारी साधन थप गरिएको दाबी गरे । उनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम हुने भन्दै सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सवारीधनीलाई आग्रह गरे । यातायात व्यवसायी यात्रुमैत्री बन्नुपर्ने भन्दै सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here