कैदीले खेलेको भैलो रकमले फिल्टर जडान

मुख्य खबर

तुलसीपुर, १२ मंसिर । अधिकांश भैलो समूहले संकलन गरेको रकम मदिरा र मासुमा खर्च भइरहेको समयमा यहाँका कैदीहरूले भने उदाहरणीय काम गरेका छन् । दाङको तुलसीपुर कारागारका कैदीबन्दीहरूले तिहारमा भैलो खेली संकलन गरेको रकमबाट आफूहरूलाई सुरक्षित पानीको व्यवस्था गरेका हुन् ।
साँस्कृतिक कार्यक्रमसहितको भैलोबाट संकलित ५० हजार रूपैयाँमध्येको केही रकमले आफूहरूलाई सुरक्षित खानेपानीको व्यवस्था गरेको कैदी चौकीदार नरेन्द्र घर्तीले बताए ।
जेलर जोखिम वलीसँग समन्वय गरेर आफूहरूले कारागारभित्रै सञ्चालन गरेको उनले बताए । कारागारको नयाँ भवनमा रहेका २ सय ८७ जना कैदीहरूले यसअघि बोरिङको पानी पिउँदै आएका थिए । इलेक्ट्रिक फिल्टर जडानसँगै उनीहरूले सुरक्षित पानी खान पाउने भएका छन् ।
फिल्टर जडान गरि बचेको रकमले आफूहरूले कारागारभित्रै पिकनिक खाने चौकीदार घर्तीले बताए । तुलसीपुर कारागारको पुरानो र नयाँ भवन गरी तीन सयजना क्षमता रहेकोमा त्यहाँ चारसय ६४ जना कैदीबन्दी रहेको जेलर जोखिम वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *