कैदीबन्दीलाई छाक टार्न समस्या

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, १४ जेठ ।
दैनिक छाक टार्न रकम नआएपछि तुलसीपुर कारागारका कैदी बन्दीहरुलाई समस्या भएको छ । सरकारले प्रति कैदी बन्दका लागि दैनिक ४५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर गत फागुन महिनादेखि उक्त रकम कैदी बन्दीलाई प्राप्त हुन नसक्दा समस्या भएको कैदी बन्दीहरुले बताएका छन् ।
चामल बाहेक अन्य खानपिनको वस्तु खरिदका लागि सरकारले दिने दैनिक ४५ रुपैयाँ प्राप्त नभएपछि कैदी बन्दीहरुको दैनिकी कष्टकर बनेको छ । प्रति ब्यक्ति ७ सय ग्राम चामल भने खाद्य संस्थान अञ्चल कार्यालयबाट उधारोमा ल्याउने गरेको कारागार शाखा तुलसीपुका निमित्त जेलर गीता अधिकारीले बताइन्  ।

बिहान–बेलुकीको खानपिनका लागि आवश्यक पर्ने तेल, नुन, तरकारी, मरमसला खरिदका लागि ४५ रुपैयाँ तीन महिनासम्म प्राप्त हुन नसक्दा समस्या भएको उनले बताइन् । ३ सय ३१ जना कैदी बन्दीका लागि दैनिक १४ हजार ८ सय ९५ रुपैयाँ प्राप्त हुनुपर्ने हो, तर तीन महिनादेखि प्राप्त नहुँदा उधारोमा चामल बाहेकको बस्तु किन्नु परिरहेको छ, अधिकारीले भनिन् । उधारो दिनेहरुले पनि पैसा माग्न थालिसके, गृह मन्त्रालय मार्फत नगद सकिदा रकम अर्थ मन्त्रालयमा अनुरोध गरिएको छ, उले भनिन । आउने निश्चित त छै्रन, समस्या सृजना होला जस्तो छ, निमित्त जेलर अधिकारीले भनिन् पुरानो कारागार भवनमा १ सय ९९ जना कैदी राखी ब्यवस्थापन भई रहेकोमा साउन महिनाबाट कारागार शाखा तुलसीपुरमा नयाँ भवनमा कैदी बन्दीहरुलाई राखिएपछि रकम वितरणमा समस्या भएको छ ।
अन्य जिल्लाबाट स्थानान्तरण गरिएकोले पनि अहिले ३ सय ३१ जना कैदी बन्दीको संख्या भएको हो । त्यसमध्ये २४ जना महिला र २ जना बालिका आश्रिी छन् । कैदी बन्दी चौकीदार यमराज खड्काले अब उधारोबाट तीन महिना त जेनतेन चल्यो, अब यति धेरै कैदी बन्दीलाई दैनिक छाकको ब्यवस्था गर्न नसकिने बताए । सरकारले तत्काल ब्यवस्था मिलाउनुपर्छ कैदी बन्दी चौकीदार खड्काले भने । दाङमा दुईवटा कारागार शाखामध्ये घोराहीमा एक र तुलसीपुरमा एकवटा छन् । तुलसीपुरमा दुईवटा भवन छन् । जसका कारण कैदी बन्दीको संख्या पनि धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *