कैदीबन्दीका छोराछोरी छात्रवृत्ति

फिचर मुख्य खबर समाज

तुलसीपुर, ३ मंसिर । विभिन्न कारागारमा कैदीबन्दी जीवन बिताइरहेका विपन्न कैदीबन्दीका छोराछोरीलाई विद्यालय शिक्षामा सहयोग गर्ने उद्देश्यले छात्रवृति प्रदान गरिएको छ । विभिन्न कारागारमा कैदी बन्दीको जीवन विताईरहेका कैदीबन्दीका ३६ जना छोराछोरीलाई पीडित सेवा संघले त्रैमासिक छात्रवृत्ति प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी संघका जिल्ला संयोजक टोपबहादुर महतराले तीन महिनाको एकजनालाई तीन÷तीन हजार रुपैयाँको दरले छात्रवृत्ति वितरण गरेका हुन् । दाङ, सल्यान, रुकुम र रोल्पा कारागारमा कैदीबन्दी जीवन बिताईरहेका विपन्न कैदीबन्दीका ३६ जना छोराछोरीलाई विद्यालय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको उनले बताए । अभिभावकको अभावमा बालबालिकाहरु शिक्षाबाट बञ्चित हुने अवस्था नआवस् भनेर केही वर्षदेखि शैक्षिक सहयोग गर्दै आएको संयोजक महतराले बताए । उनले पढाइ र खर्चका लागि एकजनालाई वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति, शैक्षिक, सरसफाई सामाग्री र ड्रेस तथा कपडाहरु सहयोग गर्दै आएको बताए । उनले कैदीबन्दीका बालबालिकाहरुलाई शिक्षाका लागि आवश्यक खर्चको अभाव नहोस् भनेर सहयोगलाई निरन्तर दिइरहेको बताए । ६ वर्ष अघि सातजनाबाट सुरु गरेको सहयोग कार्यक्रम अहिले ३६ जना बालबालिकामा पुगेको महतराले बताए ।
नयाँ शैक्षिक सत्रदेखि थप २० जनालाई प्रदान गर्ने तयारी गरेको बताए । बालबालिकाका अभिभावकहरुले पनि सहयोगले परिवारमा खुशी ल्याएको बताएका छन् । अभिभावकबिना विकले श्रीमान जेलमा रहेको र छोराछोरीलाई पढाउन समस्या भएको बेला नियमित भएको छात्रवृत्ति सहयोगले बोर्डिङ स्कुलमा पढाउन सफल भएको बताइन् । उनले पढ्नलाई शिक्षण सामाग्री र छात्रवृत्ति दिदा घरपरिवारमा समेत सहज बनाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *