Friday, March 29, 2024
Homeमुख्य खबरकेसीलाई जिताउन विभिन्न कमिटी

केसीलाई जिताउन विभिन्न कमिटी

- Advertisement -spot_img

घोराही, २९ कार्तिक । घोराही उपमहानगरपालिका–१६ को निर्वाचनलाई पार्टीका पक्षमा सबै नेता कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । वडा निर्वाचन परिचालन कमिटीको बसेको बैठकले वडामा रहेका ३७ वटा टोल कमिटीमा जनपरिचालन गर्ने निर्णय गरेको हो ।
नेकपाका तर्फबाट बुधबार सुरेशबहादुर केसीले उम्मेदवार दर्ता गरेपछि पार्टीको सिङ्गो शक्ति परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला सचिव तथा निर्वाचन परिचालन कमिटीका संयोजक सुवास पुनको अध्यक्षतामा बसेको बैठकले साविकका वडामा बेग्ला–बेग्लै संयोजकसमेत तोकेको छ ।
जसमा जिल्ला कार्यालयका सदस्य अजयदिप शर्मा र सुरामणि बेल्वासेलाई वडाको जिम्मेवारी दिएको छ । बैठकले जिल्ला सचिवालय सदस्यहरूलाई पनि वडामा खट्नका लागि जिम्मेवारी दिएको छ । बैठकले जिल्ला सदस्य, जिल्ला सल्लाहकार, प्रदेश सल्लाहकार, प्रदेश कमिटीका सदस्यलाई पनि जिम्मेवारी प्रदान गरेको छ ।
बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू निर्मल आचार्य, हेमराज शर्मा (डायमण्ड), प्रदेश सांसद अमरबहादुर डाँगी, प्रदेश कमिटी सदस्यहरू लक्ष्मण आचार्य, लुमाकान्त न्यौपाने, शिवकुमार आचार्य, घोराही उपमहानगरकी उपप्रमुख तथा प्रदेश सदस्य सीता सिग्देल न्यौपाने, प्रदेश सदस्य तुलसा केसी, नेकपाका नेता मेघबहादुर विसीले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here