Thursday, March 28, 2024
Homeफिचरकेरामा खानै नमिल्ने विषादी

केरामा खानै नमिल्ने विषादी

- Advertisement -spot_img

तुलसीपुर, १४ भदौ । तुलसीपुरका बजारमा विषादी हालेर केरा पकाउने गरेको भेटिएको छ । मानव स्वास्थ्यका लागि हानीकारक, खानै नमिल्ने प्रकृतिको विषादी प्रयोग गरेर केरा पकाउने गरेको र त्यहि केरा उपभोक्तासम्म पु¥याउने गरेको फेला परेको हो ।
तुलसीपुर उपमहानगरपालिले बजारमा केरा लगायतका फलफूलमा विषादी प्रयोग गरेको गुनासो बढेपछि गरेको अनुगमनमा यस्तो भेटिएको अनुगमन समितिका संयोजक तथा उपमहानगरमा उपप्रमुख माया शर्माले बताइन् ।
विषादी हालेर पकाउँदै गरेको र पकाएका केहि फलफूलहरुसमेत अनुगमन समितिले नियन्त्रणमा लिएको छ । तुलसीपुरको ‘ग’ लाइनमा रहेका अधिकांश फलफुल ब्यापारीहरुले बढी केमिकल प्रयोग गर्ने गरेको भेटिएको संयोजक शर्माले बताइन् ।
‘ग’ लाइनमा रहेको सीता फ्रुट सेन्टरमा मूल्यसूचि नराखेको, केरा र फलफुलमा प्रयोग गर्न ठिक्क पारिएको विषादी एथेफन फेला पारिएको अनुगमन समितिले बताएको छ ।
केरा पकाउने केमिकल पानीमा घोलेर राखेको अवस्थामा भेटिएको छ । शर्माले भनिन ‘निर्देशन दिएर क्यामिकल उठाएका छौँ ।’ मनोज फ्रुट एण्ड जुस कर्नरका सञ्चालक मनिष कुमार गुप्ताले विषादी प्रयोग गरेर केरा पकाउँदै गरेको अवस्थामा अनुगमन समितिले भेटेको छ ।
एसी प्राकृतिक उपाय हुँदाहुँदै प्रयोग गर्न नमिल्ने विषादी प्रयोग गरिरहेको बेला अनुगमन समितिले समातेर फलफुल नियन्त्रणमा लिएको छ । उनले केरामा क्यालिसयम कार्वनेड प्रयोग गरिरहेका थिए ।
त्यसै गरेर ‘ग’ लाइनमा रहेको जहीर फ्रुट सेन्टरले पनि फलफुलमा विषादी प्रयोग गरिरहेको अनुगमन समितिले भेटाएको थियो । उसलाई पनि चेतावनी दिइएको छ ।
खाने, पिउने वस्तुमा राख्न नहुने, छालामा छुवाउन नहुने खालको विषादी केरामा प्रयोग भइरहेको हो । तीजको पूर्वसन्ध्यामा फलफुल ब्यवसायीहरुले विषादी हालेर केरा पकाउने काम गरिरहेका छन् ।
काँचो केरा ल्याएर विषादी घोलेर उपभोक्तासम्म पु¥याउन व्यापारीहरु बढी सक्रिय छन् । फलफुल पसलहरुमा मूल्यसूचिसमेत नराखेको अनुगमनको क्रममा भेटिएको थियो ।
त्यसै गरेर किनारा पसलहरुमा दूध बिक्रीका लागि राखिएको पाइएको थियो । आलेको अन्नपूर्ण किराना पसल दूध राख्न नपाउने भएपनि किरानामा दूध, सूर्ति, चुरोटसँगै राखिएको, प्रमाणपत्रहरु नराखिएको अवस्थामा भेटिएको थियो ।
त्यसैगरेर शाही मसला उद्योगको पूर्ण विवरणसमेत मसलाका प्याकेटमा भेटिएका छैन । जुत्ता, पसलमा पनि दूध पाइएको अनुगमन समितिले बताएको छ । श्रीराम किराना पसल किराना पसलमा दूध पाइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here