कृष्ण वलीलाई विद्यार्थीको सहयोग्

समाज

तुलसीपुर, २० माघ । दुई हात र एक खुट्टा गुमाएका रुकुमको सानीभेरी गाउँपालिकामा निवासि २१ वर्षिय कृष्ण वलीलाई सहयोग रकम उठ्ने क्रम जारी रहेको छ  । यसैक्रममा उनलाई तुलसी आवासीय मावि तुलसीपुरमा अध्यनरत छात्रछात्राहरुबाट संकलित ६३ हजार तीन सय ७० रुपैयाँ उनकी आमालाई शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । कक्षा पाँचसम्म सोही विद्यालयमा अध्ययन गरेका उनलाई विद्याथीहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेको शिक्षक सुमन वलीले जानकारी दिएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक भिष्मबहादुर केसीको अध्यक्षतामा भएको थियो भने सहजीकरण शिक्षक देवेन्द्र खत्रीले गरेका थिए । उक्त अवसरमा कृष्णकी आमा जानकी केसीले सहयोग गर्ने सबैमा धन्यवाद दिएकी थिईन् । गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा तुलसीपुर–१३ मा उनलाई करेन्ट लागेको थियो । कृष्णको उपचारमा गर्दै जाँदा परिवार आर्थिक संकटमा परेपछि सहयोगको लागि उनीहरुले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *