Wednesday, April 17, 2024
Homeफिचरकृष्ण मन्दिर ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

कृष्ण मन्दिर ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

- Advertisement -spot_img

तुलसीपुर, ५ जेठ ।
तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ८ दुधेनामा रहेको कृष्ण मन्दिर ब्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिको शनिबार भएको १५आँै साधारण सभाले शोभाकर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मुकुन्द काफ्ले, सचिवमा धर्मराज वली, कोषाध्यक्षमा किरण केसी, सहसचिव पवित्र काफ्ले, सदस्यहरुमा इन्द्रजित चौधरी, नुमा कँडेल, रोमकान्त सापकोटा, दथरथ वली, भूपबहादुर केसी, मेघराज पाण्डे, प्रेम विक र सुशिला डाँगी रहेका छन् ।
समितिका अध्यक्ष खिमप्रसाद खरालको अध्यक्षतामा तथा समाजसेवी वामदेव शर्मा उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले धर्म र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले धर्मलाई समाज सेवासँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए । यसैगरी कृष्ण मन्दिरको स्वामित्वमा रहेको धार्मिक वनलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने सहभागीहरुको भनाइ थियो । कार्यक्रमको सहजीकरण सचिव जितबहादुर खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here