- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरकृषि सामग्री कम्पनीका कार्यालय खारेज हुँदै

कृषि सामग्री कम्पनीका कार्यालय खारेज हुँदै

- Advertisement -spot_img

दाङको तुलसीपुर र लमहीमा रहेको कार्यालय हटाउने तयारी
तुलसीपुर, १५ चैत । जिल्लामा स्थापना भएका कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालयहरु सरकारले खारेज गर्न लागेको छ । दाङमा कृषि सामग्रीका तीनवटा कार्यालयहरु रहेका छन । तीन कार्यालयले तीन क्षेत्रबाट काम गरिरहेको अवस्थामा दुई कार्यालय खारेज गर्न लागिएको हो ।
किसानहरुलाई मध्यनजर गरेर घोराही, तुलसीपुर र लमहीमा कार्यालय स्थापना गरी बर्षाैदेखि किसानहरुलाई अनुदानमा मल उपलब्ध गराई रहेको कम्पनीका कार्यालयहरु हटाउने तयारी भएको छ ।
प्रभावकारी सेवाको नाममा जिल्लाका कार्यालय हटाउने र एउटा कार्यालय स्थापना गर्ने गरी योजना समेत बनेको देखिएको छ । कार्यालय हटाउने तयारीप्रति भने जिल्लाका सरोकारवालाहरु आक्रोसित भएका छन् ।
किसानलाई मल बिउ उपलब्ध गराउने गरी दाङका स्थापना गरिएका कम्पनीका तीन कार्यालयहरुमध्य बढी किसान लाभान्वित भएका दुई कार्यालय तुलसीपुर र लमही कार्यालय हटाउन लागिएको हो ।
दुबै कार्यालय खारेज गरेर एउटा युनिट घोराहीमा मात्र राख्ने तयारी भएको कम्पनीका एक अधिकारीले बताए । यसका लागि कृषि सचिव डा युवकध्वज जिसीको संयोजकत्वमा विभागीय मन्त्रिस्तरीय निर्णय अनुसार कार्यदल गठन गरी अघि बढाइएको छ ।
कृषि सामग्री कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले कम्पनीको तुलसीपुर र लमहीको कार्यालय खारेज हुने कुरा आएको सुन्नमा आएको तर आधिकारिक पत्र कार्यालयमा आइनपुगेको बताए ।
उनले तुलसीपुर र लमही बढी किसानको लागि उपयोगी कार्यालय भएको बताए । किसानको सहज सेवा पु¥याउने स्थानमा कार्यालय हुनुपर्छ । अहिलेका कार्यालय त्यस्तै छन् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले भने, यसलाई स्तरबृद्धि गरेर यथावत राखिनु पर्छ ।
यो कुरा सुनि सकेपछि मैले पनि मन्त्रालयका कुरा गरेको छ उनले भने स्थानीय सरकारको तर्फबाट हुने पहल पूर्णरुपमा गर्छौ ।
कृषि सामग्री कम्पनी तुलसीपुर कार्यालयले वार्षिक रुपमा १२ हजार मेट्रिक टन मल खपत गराउने गरेको छ ।
बार्षिक ७ हजार मेट्रिक टन मल बिक्री तथा खपत गर्ने गरेको कार्यालयहरुले बताएका छन् । घोराहीको कार्यालयले वार्षिक ४ हजार मेट्रिक टन मल बिक्री गर्दै आएको छ ।
किसानको प्रत्यक्ष पहुँचमा भएका कार्यालय खारेज गर्ने प्रक्रियामा लैजानु राज्यले नागरिकका सुविधामा रोक लगाएकोे स्थानीय किसान छोटीराम चौधरीले बताए । राज्यले नागरिकले पाएको र भएको सुविधा काट्नेकी थप्ने हो अचम्म नै भयो ।
संघीयतामा त सुविधा थपिनु पर्ने हो उनले भने । तर यहाँ सेवा दिने कार्यालय हटाउन थालिएको देखियो । जिल्लामा रहेका तीनै कार्यालयलाई मल बयवस्थापनमा हम्मे–हम्मे हुने अवस्था आउने गरेको र कार्यालय घट्दै गएमा त्यसले झन अस्तब्यस्त बनाउने सरोकारवालाहरुले बताएका छन् ।
दाङका दुई कार्यालयसहित नेपालभरिमा धेरै कार्यालयहरु हटाउने तयारी गरिएको छ । कार्यदलले तयार पारेको ढाँचा अनुसार जिल्लामा एउटा कार्यालय त्यो पनि सानो आकारमा राख्ने उल्लेख गरिएको छ । यसभन्दा अघि पनि कृषि सामग्रीका कार्यालय मर्ज गर्ने र हटाउने निर्णय भएको थियो त्यहि बेला राजनीतिक दबावले त्यो निर्णय खारेज गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here