- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबर‘कृषि पेशालाई सम्मान गरौं’

‘कृषि पेशालाई सम्मान गरौं’

- Advertisement -spot_img

देउखुरी, १९ कार्तिक । प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले कृषि पेशा सम्मानित पेशा भएको बताएका छन् । कृषि पेशालाई सम्मानित पेशाको रूपमा स्थापित गर्न वर्तमान सरकार लागिपरेको चौधरीले बताए ।
हिजोका दिनहरूमा कृषि पेशा गरिब र विपन्न समुदायको मात्र पेशा हो भन्ने बुझाईका कारण कृषि प्रधान देश नेपालमा कृषि पेशा फस्टाउन नसकेको चौधरीले बताए ।
वर्तमान सरकारले कृषकलाई प्रोत्साहन गरी कृषि पेशालाई आधुनिकीरण र ब्यवसायीकरण गर्नका लागि कृषिमा लाग्ने लागत, खर्च, कृषि अनुदानको ब्यवस्था कृषि बिमाजस्ता कार्यक्रमलाई योजनागत रूपमा अघि सारेको चौधरीले बताए ।
उनले थोरै उत्पादन धेरै लागत लाग्ने परिपाटीलाई अन्त्य गर्दै थोरै लागतमा धेरै उत्पादन गरी कृषि उद्यम र स्वरोजगारका अवसर सिर्जना गर्ने गरी सरकारले कृषि क्षेत्रमा आधुनिकीकरणको योजना ल्याएको बताए ।
कृषि औद्योगिक क्षेत्र सुपरजोन मकै दाङको सञ्चालन समिति पुनः गठन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।
सुपरजोन सञ्चालक समितिका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश साँसद रेवती रमण शर्माले देशको समृद्धिको मुख्य आधार कृषि भएकोले कृषिलाई ब्यवसायिक र औजारीकरण गर्दै कृषिमा उत्पादन बढाएर देशलाई समृद्धिको दिशामा अघि बढाउन प्रदेश सरकार लागिपरेको बताए । कृषि क्षेत्रमा ब्यवसायीकरणको लागि सरकारले स्मार्ट कृषि गाउँ बनाएको बताए ।
त्यस्तै प्रदेश सभा सदस्य ईन्द्रजित थारूले अबको उत्पादन भनेको किसानका खेतबाट सिधै उद्योगमा लैजाने परिपाटी भयो भने कृषिमा विकास हुने, अधिया, बटैया नभई कृषि मजदुरको रूपमा किसानलाई प्रयोग गरिनुपर्ने र किसानको चेतना बदल्नु आवश्यक रहेको बताए  ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले वर्तमान कृषि नीतिले कृषकको पक्षमा आत्मसात् गरेका कुराहरूलाई ब्यवहारमा उतार्न सके कृषिको विकास हुन सक्ने बताइन् ।
कृषि औद्योगिक क्षेत्र सुपरजोन मकै दाङको सञ्चालन समितिका संयोजक हुकुमबहादुर बस्नेतले अबको दश वर्षभित्र किसान उत्पादकमुखी भएन भने खाद्यान्न पाउनका लागि सोर्स लगाउनु पर्ने बाध्यता रहने बताए । बिगतका दिनमा तोरी, मसुरो, मकै, गहुँ नेपालबाट भारत पैठारी गरेको तर अहिले भारतकै भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
सञ्चालक समितिका उपसंयोजक देउमणि चौधरीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन लमही दाङका प्रमुख महेश रेग्मीले सुपरजोनअन्तर्गत हालसम्म भएका कार्यप्रगति विवरण र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here