कृषि गाउँ हर्दवा

मुख्य खबर समाज

देउखुरी, ११ जेठ । स्मार्ट कृषि गाउँको नामले देउखुरीमा परिचित गाउँ हो हर्दवा । यो लमही नगरपालिका–९ मा रहेको गाउँ हो, जो पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित छ । शनिबार प्रदेश नं. ५ का सभासद रेवती रमण शर्माले स्थलगत अनुगमन पनि गरेका छन् ।
प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले लमही नगरपालिका–९ हर्दवामा स्मार्ट कृषि गाउँमा सञ्चालित व्यवसायीक कागती खेती स्थलगत तालिमको उद्घाटन गरेका छन् ।
प्रदेश सरकारले यस बर्ष स्मार्ट कृषि गाउँको लागि ५० लाख बजेट उपलब्ध गराएको छ । कागती र बाख्रापालनबाट आम्दानी बढाउने योजनाका साथ कार्यक्रम लागूभएको छ ।
तालिमको उद्घाटन गर्दै सांसद शर्माले आर्थिक आम्दानी वृद्धिको लागि कृषि र पशुपालनमा प्राथमिकतामा राखेको र सबै दृष्टिकोणबाट हर्दवा गाउँ राम्रो, नमुना गाउँ बनाउन सकिने बताए ।
हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्मर कवर नविनको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा किसान नेता वीरबहादुर केसी,
नारायण डिसी छम्पाली, धुपनारायण चौधरी लगायतको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसी, बागवानी विकास अधिकृत वालकृष्ण शाह रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *