- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरकृषि क्षेत्रबाट आत्मनिर्भर

कृषि क्षेत्रबाट आत्मनिर्भर

- Advertisement -spot_img

दंगीशरण, १७ बैशाख । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणबासीहरु अबका दिनमा कृषि क्षेत्रबाट आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । आफ्नै खेतबारीमा श्रम गरेर प्रशस्त रुपमा आयआर्जन गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।
अबका दिनमा कृषि क्षेत्रलाई कसरी अगाडि लैजाने बिषयमा बृहत रुपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । कृषिका लागि बजेट छुट्याएको भएपनि सहि स्थानमा लगानी गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै उनले प्रक्रिया र सस्ंथागत ढंगले काम सम्पन्न गर्ने सोचाईमा रहेको बताए ।
चादँनी कृषक समूह दंगीशरण गाउँपालिका–१ बाँकीको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहकार्यमा वडा नं. १ मा भएको समूहहरुको सिकाइ आदानप्रदान अन्तरक्रियाका लागि सामूहिक भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘हरेक क्षेत्रको विकास निर्माणका कामहरु अगाडि बढिरहेका छन् तर कृषि क्षेत्रलाई अझै फस्टाउन सकिएको छैन यस कुरामा म गम्भीर छु अबका दिनमा तपाईले जायज माग राखेर विकासतर्फ लाग्नुस् म साथ दिन तयार छु ।’
उक्त अवसरमा सहकर्मी समाज जिल्ला संयोजक पुनाराम पन्थीले कृषक समूह गठन गरी घरदेखि समाज सुधारमा लागेको भन्दै खुसी ब्यक्त गरे । क्षमता विकासका लागि आफूले प्रश्न छोडेको र उत्तर दिने काम तपाईको हो भन्दै समृद्धिको चरणमा आईसकेको बताए ।
पद्धति लिएर आएको समाज भएकाले जागरण सिर्जना गर्ने बताए । यस्तै वडा अध्यक्ष श्रीप्रसाद चौधरीले कृषक समूहहरुका लागि वडाबाट गर्न सक्ने सहयोग जति पनि गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
उक्त अवसरमा दंगीशरण गाउँपालिका नेकपाका अध्यक्ष भरत अधिकारी, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य यज्ञबहादुर विष्ट, गाउँपालिकाका कार्यपालिका सदस्य हरीप्रसाद पोखे्रललगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here