- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरकृषि आन्तरिक बजेट ३ करोड

कृषि आन्तरिक बजेट ३ करोड

- Advertisement -spot_img

तुलसीपुर, १३ असार । कृषि क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले ३ करोड रकम विनियोजन गरेको छ । जग्गा बाँझो राख्नेहरुलाई कारवाही गर्नेदेखि लिएर डिपवोरिङ सञ्चालनसम्मको कुरालाई समेटिएको छ । कृषि क्षेत्रको विकास भयो भने मात्रै आत्मनिर्भर हुन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् ।
बजेटमा कृषिको समग्र विकासका लािग मेयर कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि ५० लाख छुट्याइएको छ । त्यस्तै रासायनिक मलको प्रयोग कम गर्न प्राङ्गारिक कृषि कार्यक्रम गरिने भएको छ ।
यस्तो कार्यक्रम सञ्चालनका लागि ५ लाख विनियोजन गरिएको छ । बजेटमा वर्षैभरी जग्गा बाँझो नराख्ने किसानको पहिचान गरी पुरस्कृत गर्न र त्यसको अनुगमनका लािग ५ लाख बजेट छुट्याइएको छ । कृषि लक्षित बजेटमा बगर खेतीलाई प्रोत्साहित गर्नका लागि ३ लाख, किसानसँग पशु वैज्ञानिक भेट कार्यक्रमका लागि २, सुख्खा मौसममा मोटरबाट पानी तानेर सिंचाई गर्ने किसानलाई विद्युत महसुलमा शतप्रतिशत अनुदान दिनका लागि ५ लाख विनियोजन गरिएको छ ।
जग्गाको चक्लाबन्दी तथा गह्रा सुधारका निम्ति अनुदान दिन ५ लाख, बीउ तथा बेर्ना उत्पादन र वितरणका लागि ५ लाख बाह्रै महिना खेती गर्नका लागि सिंचाई प्रविधि जडान गर्न १ करोड विनियोजन गरिएको छ । कृषि तथा पशुपालनका लागि यान्त्रिक साधन उपलब्ध गराउन, प्लाष्टिक पोखरी निर्माण, कृषि उपज ढुवानी, प्याकेजिङ र ग्रेडिङ गर्न १० लाख छुट्याइएको छ ।
विपन्न तथा सुकुम्बासीले जग्गा भाडामा लिई व्यावसायिक खेती गर्न चाहेमा तोकिएको रकममा ५० प्रतिशत अनुदान उपलब्ध गराउन ५ लाख, माटो परीक्षण, बाली तथा पशुमा लाग्ने रोगको उपचार गर्नका लागि १५ लाख छुट्याइएको छ ।
तुलसीपुरमा खादा विस्थापन गरेर फुलको माला प्रयोगमा ल्याउन फुल खेतीमा उपमहानगरपालिकाले अनुदान दिने भएको छ । फुलखेती गर्ने कुनै पनि व्यक्ति वा समूहलाई ५ लाख विनियोजन गरिने भएको छ ।
त्यस्तै उपमहानगरपालिकाले पशु चौपायाका लागि पनि विभिन्न शीर्षकमा बजेटको व्यवस्था गरेको छ । विनियोजित बजेटमा पशुचौपाया लाग्ने रोग नियन्त्रण गर्न, कृत्रिम गर्भाधारणलाई प्रोत्साहित गरी नश्ल सुधार गर्न ३ लाख, पशु स्वास्थ्य औषधालय र पशु एम्बुलेन्स सञ्चालनका लागि २५ लाख, वधशाला, चिस्यान केन्द्र स्थापना सहकार्य गर्नका लागि २५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै घाँस खेती विस्तार, किम्वु तथा रेशम खेतीका लागि ५ लाख, चौपाया, पशुपंक्षीको संख्या अद्यावद्यिक तथा ट्यागिङका लागि ५ लाख, कृषि तथा पशु बजार विकास, कृषि तथा पशु मेला र प्रदर्शनी आयोजनाका लागि ५ लाख र छाडा चौपाया नियन्त्रण र व्यवस्थापनका लागि ५ लाख विनियोजन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here