- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकृषिमा आधुनिकता आवश्यक

कृषिमा आधुनिकता आवश्यक

- Advertisement -spot_img

तुलसीपुर, १६ असार ।
गाउँमा भएका युवा कृषि पेशा छोडेर विदेश पलायन हुन थालेको भन्दै कृषि नीति बनाएर युवालाई आधुनिक कृषिमा संलग्न बनाउन गाउँपालिका लाग्नुपर्ने दंगीशरणका स्थानीयहरुले बताएका छन् ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा तुलसीपुर मिडियाको ब्यवस्थापन तथा सहजीकरणमा स्थानीयस्तरमा भएका विकास निर्माणका काम, स्थानीय तहको सेवा प्रवाह र जनताको गुनासा व्यवस्थापन गर्न शनिबार हेकुलीमा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् ।
उनीहरुले अधिकांश कृषक रहेको गाउँपालिकामा कृषि क्षेत्रमा आवश्यक योजना तथा बजेट विनियोजन गर्न नसक्नु, कृषिलाई प्राथमिकता दिन नसक्नु, कृषिमा आधुनिकता ल्याउने योजना नहुनु दुःखद् भएको बताएका थिए । आउँदो आर्थिक बर्षमा कृषि क्षेत्रमा आवश्यक योजना सञ्चालन गर्न उनीहरुले सुझावसमेत दिए । विभिन्न योजना सम्पन्न गर्दा कार्यालयमा झन्झटिलो हुने गरेको, योजना अनुगमनमा प्रभावकारी ध्यानसमेत नदिएको, विद्यालय सञ्चालमा थुप्रै समस्या हुँदासमेत गाउँपालिकाले ध्यान नपु¥याएको, कृषि क्षेत्रमा आवश्यक योजना तथा कार्यक्रमहरुसमेत सञ्चालन गर्न नसकेको, बजेट पारदर्शी रुपमा समेत जनताहरुलाई जानकारी हुन नसकेको जस्ता गुनासो सहभागीहरुले राखेका थिए ।
जनताहरुले राखेको गुनासोहरुको सम्बोधन गर्दै गाउँपालिका प्रमुख भागीराम चौधरीले जनताका भावना तथा आवश्यकता अनुसार आफूहरुले काम गर्ने गरेको भन्दै कहि कतै समस्या भए आउँदा दिनमा समस्या समाधान गरेर जाने बताए । गाउँपालिकाले जिल्लामै अन्य स्थानीय तहभन्दा नमुना काममा जोड दिने बताउँदै आवश्यक कमी कमजोरीहरुलाई आउँदा दिनमा सुल्झाउँदै लगिने बताए । जिल्लाकै कम जनसंख्या र सानो भूगोल रहेको गाउँपालिकामा भौगलिक विकटताका कारण विकास निर्माणमा केही समस्या रहेपनि आफूहरु जनताको चाहना अनुसार नै योजना तथा सेवा प्रवाहलाई अघि बढाइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतमले जिज्ञासा तथा गुनासाहरुको कुराहरुलाई ख्याल गर्दै गाउँपालिकाले आउँदा दिनमा सेवा प्रवाहलाई अझ चुस्तदुरुस्त बनाइने बताएका छन् । कार्यक्रममा दंगीशरण गाउँपलिका वडा नम्बर ३ का अध्यक्ष पूर्ण बहादुर चौधरी, वडा नम्बर ४ का अध्यक्ष नेवबहादुर कवर, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्री, शिक्षा शाखा प्रमुख अनिल केसी, पशु शाखा प्रमुख भरत देवकोटा, योजना शाखाका मस्तवीर चौधरी लगायत विषयगत विषयमा आफ्ना धारणा राखेका थिए ।
गाउँपालिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३, ४ र ५ स्थानीय नागरिक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दुई दर्जन बढी नागरिकले गाउँपालिका र वडाहरुले सञ्चालन गरेका योजना, कार्यक्रम तथा विभिन्न सेवा प्रवाह सम्बन्धमा आफ्ना गुनासा तथा सुझावहरु राखेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतमको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर मिडियाका गोपाल शर्मा भट्टराई र प्रकाश डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here