Friday, April 19, 2024
Homeफिचरकृतिम अभावमा बजार

कृतिम अभावमा बजार

- Advertisement -spot_img

तुलसीपुर, २८ जेठ ।
केही दिनदेखि बजारलाई कृतिम अभावमा देखाइन थालेको छ । ब्यापारीहरुले दैनिक उपभोग्य वस्तुहरुमा कृतिम अभाव सिर्जना गर्न थालेका छन् । आउँदो आर्थिक वर्षदेखि सरकारले केही उपभोग्य वस्तुहरुका कर बढाउने सार्वजनिक गरेपछि बजारमा कृतिम अभावको शृङ्खला सुरु हुन थालेको छ ।
सरकारले आर्थिक वर्षको वजेट प्रस्तुत गरेसँगै यहाँका बजारमा दैनिक उपभोग्य सामानहरुको अभाव हुन थालेको छ । केही दिनभित्रमा धेरै उपभोग्य सामानहरुको मूल्यमा बृद्धि हुने तर्क गर्दै ब्यापारीहरुले कृतिम अभाव सिर्जना गर्न सुरु गरेको उपभोक्ताहरुले बताएका छन् । महङ्गो मूल्य तिरेमा तत्काल सामान पाइने र पहिलेकै मूल्यमा खोज्दा सामान नदिने गरेको उपभोक्ताहरुको गुनासो छ ।
व्यवसायीहरुले आफूसँग उपलब्ध सामानहरुलाई गोदाममा थन्काएर बजारमा अभाव सिर्जना गराइरहेका छन् । जसले गर्दा उपभोक्ताहरु मारमा परेका छन् । अहिले बजारमा उपलब्ध भएका सबै सामानको मूल्यमा समेत भारी बृद्धि गरिएको छ । खरिद मूल्य कम भएपनि अभावको नाममा धेरै मूल्य निर्धारण गरिने गरेको उपभोक्ताहरुको गुनासो छ ।

सरकारले आर्थिक वर्षको वजेट प्रस्तुत गरेसँगै यहाँका बजारमा दैनिक उपभोग्य सामानहरुको अभाव हुन थालेको छ । केही दिनभित्रमा धेरै उपभोग्य सामानहरुको मूल्यमा बृद्धि हुने तर्क गर्दै ब्यापारीहरुले कृतिम अभाव सिर्जना गर्न सुरु गरेको उपभोक्ताहरुले बताएका छन् । महङ्गो मूल्य तिरेमा तत्काल सामान पाइने र पहिलेकै मूल्यमा खोज्दा सामान नदिने गरेको उपभोक्ताहरुको गुनासो छ ।


सामान डिलरहरुले लुकाई छिपाई थन्काएर राखेकाले ब्यवसाय गर्नसमेत अप्ठ्यारो भएको फुटकर बिक्रेताहरुले बताएका छन् । खाने तेल, चामल, चुरोट, शुद्ध प्लस र विभिन्न पेय पदार्थको अभाव सिर्जना गरिएको छ भने मूल्यबृद्धि गरेर उच्च मूल्य बनाइएको छ । बजारमा यी वस्तु पाइए पनि मूल्य दोब्वर जस्तो गराइएको उपभोक्ताहरुको गुनासो रहदै आएको छ  ।
ग्राहकहरुले दिनप्रतिदिन सूर्ति, चुरोटहरु किन्नका लागि आउने गरेपनि छैन भनेर पठाउनुपर्ने बाध्यता भएको तुलसीपुरका फुटकर व्यापारीहरु शिवानी केसीले बताइन् । सबैभन्दा बढी प्रयोग हुने सूर्य चुरोट र खुकुरी चुरोट करिब एकसाता पहिलेदेखि बजारमा अभाव देखाइएको छ ।
भएका सामानको मूल्य अत्यधिक बढाइएको छ । बजारमा ३ सय ५० रुपैयाँले पाइने जिरा प्रतिकेजी ४३० रुपैयाँ पुगेको छ । चामलमा प्रतिकेजी १० देखि २५ रुपैयाँसम्म मूल्य बढाइएको छ । एकसाताको अन्तरमा एकाएक अभाव र मूल्यबृद्धि गरिएको छ ।
जेकेको फोटोकपि पेपरको एक रिमलाई ३ सय ६५ सम्मले पाइदै आएकोमा बजेटपछि ४ सय ५० रुपैयाँ पु¥याइएको छ । त्यो पनि आवश्यकता अनुसार पाइदैन पूजा नेपालीले भनिन्, भएका सामान पनि ब्यापारी र डिलर कम्पनीले लुकाएका छन् । एकदिन अघि प्रसस्त रहेका फोटोकपी पेपर अर्काे दिन खोज्दा लुकाई सकिएछ उनले भनिन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here