- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकुलो नचल्दा रोपाईमा समस्या

कुलो नचल्दा रोपाईमा समस्या

- Advertisement -spot_img

बबई, २ असार । पश्चिम दाङका खेतमा कुलो नचल्दा रोपाईमा समस्या देखिएको छ । स्थानीय खोलामा पर्याप्त पानी नहुँदा अझै कुलो चल्न सकेको छैन । दाङ देउखुरीमा बाढीले गाउँ डुबानमा पार्ने गरी पानी परे पनि पश्चिम दाङ राम्रोसँग पानी पर्न सकेको छैन । खोला नआउँदा कुलो चल्न सकेका छैनन् । पश्चिम दाङका केही खोलामा पानी समेत देख्न सकिदैन् ।
कुलामा पानी नचल्दा किसानलाई धान रोपाईमा निकै समस्या भएको छ । आकासे पानीको भरमा, वोरिङ तथा मोटरबाट तानेर किसानहरू धान रोपाई गरिरहेका छन् भने केही खेत बाझै रहेका छन् ।
वोरिङ र मोटरबाट पानी तान्ने सुविधा नभएका किसानहरु कुलोको पर्खाईमा बसेका छन् । कुनै–कुनै ठाउँमा सहजरुपमा कुलो सञ्चालन भएर खेतीपाती भएता पनि प्रायः ठाउँमा पानीको समस्या देखिएको छ ।
पश्चिम दाङका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका विभिन्न गाउँका खेतको रोपाईमा समस्या रहेको छ । गतिलो कुलो लाग्ने खोला नहँुदा यस्तो समस्या उत्पन्न भएको हो । पानी पर्दा खोला आउने अनि चाँडै सुक्ने ति खोलामा समस्या रहेको छ ।
कुलो नचल्दा पानीको समस्याले अहिले धान रोप्न नसकेको शान्तिनगर–५ बागदुईकी छवि खड्काले बताइन् । धान रोपांै भने कुला चल्दैन, पानी नहुँदा हाम्रो गाउँमा कसैले धान रोपाई गरेका छैनन् उनले भनिन् समयमा मल पाइदैन, मलको झन्झटसँगै कुलोमा पानी नचल्दा किसानलाई समस्यै समस्या छ ।
गत बर्ष यो समयमा खेतीपाती सकिसकेका किसानहरु पर्याप्त मात्रामा पानि नपर्दा यस बर्ष कुलामा पानी आउन सकेको छैन । आकासे पानीको भरमा केही खेतमा धान रोपाई भएको र अझै धेरै खेतमा धान रोप्न बाँकी रहेको रगैजाका मणिराम चौधरीले बताए ।
बैसाका रमेश चौधरीले कुलोमा पानी नहुँदा बोरिङ र मोटरको सहायताले धान रोपाई गरेका छन् । बोरिङ र मोटरबाट पानि प्रयोग गरेर धान रोप्दा उत्पादनभन्दा खर्च धेरै लाग्छ चौधरीले भने यसरी त किसानलाई साह्रै समस्या छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here