कुपोषित बालबालिका सम्पर्क विहीन

फिचर मुख्य खबर समाज

दाङ, २९ जेठ । तुलसीपुर उपमहानगरपालिकामा भेटिएका कुपोषित बालबालिकाहरु सम्पर्क विहीन भएका छन । ११ वटा वडामा कुपोषित १ सय ३८ जना बालबालिका फेला परेका छन् ।
ती मध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिका सम्पर्क विहीन भएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । ९१ जना कुपोषित बालबालिकाहरु सम्पर्कमा नआएका स्वास्थ्य चौकी टरिगाँउका फोकल पर्सन रेणु केसीले जानकारी दिइन ।
युएआईडिको सहयोगमा सञ्चालन गरेको सुआहारा कार्यक्रमको मंगलबार वडा नम्वर १० को राईखलीयानमा गरिएको कडा सीघ्र कुपोषणको उपचार तथा घरायसी व्यवस्थापन सम्बन्धी अभिमुखीकरणमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
केसीले सम्पर्कमा आएका ४७ जनामध्य निको भएका १३ जना, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२ जना, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका ७ जना र औषधि खाई रहेका ५ जना रहेको बताइन ।
२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको सीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कुल ६ हजार ९ सय ८ जना बालबालिकाहरु रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।
११ वटा वडाको केन्द्र टरिगाँउ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिकाहरु सम्पर्कमा आउन नसकेको बताए । बाँकी ८ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरुको संख्या रहेको कल्पना चौधरीले बताइन ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले कुपोषित बालबालिकाहरुको संख्याले अवस्था चिन्ताजनक रहेको बताइन । टरिगाँउ केन्द्र अन्तर्गत ११ वटा वडाका १ सय ३९ जना मध्ये बढी संख्यामा सम्पर्कमा नआउनु चिन्ताको विषय भएको भन्दै चिन्ता ब्यक्त गरिन ।
उनले अबको काम भनेको सम्पर्कमा नआएकालाई सम्पर्कमा ल्याउने भएको बताइन । औषधि उपचार गर्दागर्दै किन छोडे भन्ने बारेमा अध्ययन गर्नुपर्ने सुझाब दिइन । कुपोषित बच्चालाई नियमित उपचार र पोषणयुक्त आहारा खुवाई निको भएका आमाहरु देवी चौधरी,
लेखा श्रेष्ठलगायतले नियमित उपचार गर्दा सुपोषित हुने बताएका थिए । वडा नम्वर १० का अध्यक्ष कुमार लामिछानेको अध्यक्षतामा गरिएको कार्यक्रममा सुआहारका जिल्ला संयोजक सुरज शर्मा, स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोर्कण दाहाल, बेस कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले आ–आफ्ना विचार राखेका थिए ।
कुपोषित बालबालिकालाई नियमित उपचार विधि अवलम्वन गरि निको पार्ने १३ जना आमाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै स्वास्थ्य चौकी टरिगाँउका प्रमुख पार्वती थारु र रेणु केसीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य महाशाखाका बिष्णु गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *