कुपोषित बच्चाको संख्या बढ्दै

मुख्य खबर समाज

घोराही, २ असार । दाङमा कुपोषित बच्चाहरुको संख्या बढ्दै गएको छ । गर्भ रहेदेखि नै अपनाउनुपर्ने होसियारी, स्वास्थ्य जाँच, पोषणमा ध्यान नदिदा कुपोषित बच्चाहरुको संख्या बढ्दै गएको देखिएको छ ।
दाङमा पोषणको क्षेत्रमा काम गर्दै आएको संस्था सुआहाराका अनुसार चालु आर्थिक बर्षमा २ सय ४८ जना बालबालिकामा कडाखाले कुपोषण भएको छ ।
त्यसैगरी अघिल्लो आर्थिक बर्षमा २ सय ९८ जना बालबालिकामा कुपोषण भएको भेटिएको सुआहाराका कार्यक्रम संयोजक सुरजकुमार शर्माले जानकारी दिए । बच्चालाई आवश्यक पर्ने पोषण, स्वास्थ्य उपचार,
स्याहारमा कमि हुँदा कुपोषणको अवस्था चिन्ताजनक देखिएको उनको भनाई छ । घोराही क्षेत्रका चारवटा कडा कुपोषणको बहिरंग उपचार केन्द्रमा अहिले ८७ जना बालबालिका कडाखाले कुपोषण भएको अवस्थामा उपचारमा छन् ।
घोराहीमा ३५, रामपुरमा १८, ढिकपुरमा ३२ र सैघामा १२ जना बच्चाहरुमा कडाखाले कुपोषण देखिएको सुआहारा कार्यक्रमको घोराही फिल्ड सुपरभाईजर बिमला न्यौपानेले जानकारी दिइन । चालु आर्थिक बर्षमा घोराहीमा दुई बच्चाको कुपोषणकै कारणले मृत्युसमेत भएको समेत उनले बताईन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *