- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयकुपोषणको भय

कुपोषणको भय

- Advertisement -spot_img

सिमय अनुसार बालबालिककामा विकास हुन सकेन र बालबालिका कमजोर हुँदै गएको अवस्था रहेमा त्यो कुपोषण हो । अभिभावकहरुले त्यो कुरामा ध्यान दिन सकेमा समयमै कुपोषणको उपचार गर्न सकेमा रोगको निर्मुल हुने देखिन्छ ।
अहिले बालबालिकामा कुपोषणको समस्या बढेको देखिएको छ । पोषणको मात्र नपुग्दा तथा बढि हुँदा र बालबालिकामा स्याहार सुसार नहुँदा यो अवस्था आउने हो । दाङमा पनि वर्सेनी कुपोषित बालबालिकाहरु देखिने गरेका छन
। विभिन्न अवस्थाका कुपोषित भएका बालबालिकाहरु अहिले उपचारको सट्टा हराउने अवास्था रहेको तुलसीपुरमा स्वास्थ्य संस्थाको आधिकारिक निकायले नै सार्वजनिक गरेपछि कुपोषणको अवस्था र उपचार जटिल देखिएको छ । विरामी बालबालिका उपचार नगराई हराउनु राम्रो संकेत पनि हैन ।
ब्यस्त जीवनका कारण आफ्ना बालबालिकाहरुलाई आमा बुवाहरुको स्याहार सुसार कम हुँदा र उसलाई आवश्यक पर्ने पोषणयुक्त खाना समय समयमा उपलब्ध नहुँदा बढि बालबालिकामा कुपोषण बढि देखिने गरेको छ ।
यसमा अभिभावकहरु सजक रहेमा घरबाटै बच्चाबच्चीमा हुने कुपोषण निर्मुल गर्न सकिन्छ । त्यसमा सबैले सोच्न जरुरी पनि छ । तर अभिभावक आफै रोग लुकाउने अवस्थामा देखिनु राम्रो हैन ।
बच्चाको रोगको उपचारमा अभिभावकले ध्यान नदिएर विरामी लुकाइनु र स्वास्थ्य संस्थाको सम्पर्कमै नआउनु अवस्था तुलसीपुर उपमहानगरपालिकामा देखिएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा भेटिएका अधिकांश कुपोषित बालबालिकाहरु सम्पर्क विहीन भएका छन । ११ वटा वडामा १ सय ३८ जना कुपोषित बालबालिका फेला परेका मा ४७ जना मात्रै उपचारमा आउनु र ९१ जना सम्पर्क विहीन हुनुले यो कुराको तथ्य पुष्टि गरेको छ ।
अभिभावकहरुमा कम्तीमा पनि उपचारको विश्वास सिर्जना गराएर यस्ता बालबालिकालाई उपचारको माध्यमबाट रोग हटाउन आवश्यक देखिएको छ । रोग उपचार पछि निको हुन्छ ।
कुपोषण पनि त्यहि नै हो तर कुपोषित बालबालिकाहरुलाई उपचार थलोसम्म ल्याउने वातावरण बनाइनु पर्छ । त्यो वातावरण भएमा मात्रै राज्यको लक्ष्य पुरा हुने हो । अन्य विरामीहरु जस्तै कुपोषणका विरामी पनि उपचारमा आउने अवस्था बन्छ ।
कुषोषण जाती, समुदाय छानेर रोजेर हुने होइन । यसमा सबै जाती, भाषा, वर्ग समुदाय सजक हुनुपर्छ । आफ्ना बालबालिकाहरुको स्वास्थ्यका लागि सबै चनाखो र जिम्मेवार हुनुपर्छ ।
रोग लागेर उपचार गर्नुको साटो रोग नै लाग्न नदिनु उत्तम विकल्प हो । यो सोचेर कुपोषणबाट बच्न र बचाउन सबैले ध्यान दिन जरुरी छ । कुपोषण भएका बालबालिका घरमा लुकाउने हैन सम्बन्धित ठाउँमा लगेर उपचार गराउनु पर्छ । लुकेर सम्र्पक विहीन भएर समस्या समाधान हुदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here