किसानलाई आधुनिक औजार

फिचर समाज

शान्तिनगर, २५ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ ले कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । वडाका किसानहरुलाई सहजता बनाउन दुईवटा मिनि पावरटिलर, दुईवटा मिनिटिलर, एकथान सिड्रिल मेसिन र १० वटा त्रिपाल वितरण गरिएको वडा अध्यक्ष धनबहादुर केसीले जानकारी दिए ।
वडा ४ लाख रुपैयाँमा ५० प्रतिशत अनुदानमा उक्त औजार बुधबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष केसीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *