- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरकिशोरीमा रक्तअल्पता बढ्दै

किशोरीमा रक्तअल्पता बढ्दै

- Advertisement -spot_img

घोराही, २६ असार ।
जिल्लामा किशोरीमा रक्तअल्पताको समस्या बढी देखिएको छ । रक्तअल्पताको समस्या बढ्न थालेपछि घोराही उपमहानगरपालिकाले आइरन चक्की र फोलिकल एसिड खुवाउने भएको छ । साउन १ देखि दाङमा १० देखि १९ बर्षसम्मका किशोरीलाई निःशुल्करुपमा उक्त औषधी खुवाइने भएको छ ।
लैंगीक विभेद्, गरिवी, सचेतनाको कमी, पोषणको अभावजस्ता कारणले किशोरीमा कुपोषण बढ्दै गएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले बताए । किशोरावस्थामा आइरनको कमीले ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशतमा शारीरिक दुर्वलता र १० प्रतिशतमा कडा कुपोषण देखिएको घर्तीले जानकारी दिए । किशोरावस्थामा आइरनको कमी हुँदा गर्भवती र सुत्केरीलाई रक्तअल्पता हुने गरेको उनले बताए । महिनावारीमा देखिने समस्या कम गर्न, गर्भावस्था र जन्मलाई सुरक्षित बनाउन तथा जन्मजात विकलाङ्ग हुने समस्या न्यूनीकरण गर्न आइरन र फोलिक एसिड खुवाउन थालेको घर्तीले बताए ।
१३ साताको फरकमा जिल्लाका सबै निजी र सामुदायीक विद्यालयमा अभियानका रुपमा खुवाउने तयारी गरेको घोराही स्वास्थ्य शाखाका सहायक संयोजक ठाकुर खनालले जानकारी दिए । विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थाबाट खुवाउने व्यवस्था मिलाइएको छ । सिकलसेल एनिमिया र दीर्घरोगको औषधी सेवन गरिरहेका बिरामीले भने औषधी खान नमिल्ने खनालले बताए । विद्यालयमा तालिम प्राप्त शिक्षक र समुदायमा महिला स्वास्थ्य स्यवंसेविकालाई औषधी खुवाउने जिम्मेवारी दिइएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार देशमा ४३ दशमलव ५ प्रतिशतमा रक्तअल्पता देखिएको छ । २०११ मा ३८ दशमलव ५ प्रतिशत रहेको रक्तअल्पता पाँच बर्षमा ५ प्रतिशत बृद्धि भएको छ ।

लैंगीक विभेद्, गरिवी, सचेतनाको कमी, पोषणको अभावजस्ता कारणले किशोरीमा कुपोषण बढ्दै गएको घोराही उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले बताए ।


यसैगरी बालबालिकाको ४६ प्रतिशतबाट ५३ र महिलाको ३५ बाट ४१ प्रतिशत पुगेको छ । अहिले सबैभन्दा बढी ५८ प्रतिशत रक्तअल्पता २ नं. प्रदेशमा देखिएको छ । त्यसपछि प्रदेश ५ मा ४४, प्रदेश १ मा ४३, ७ मा ३९, ६ मा ३५, ३ मा २९ र ४ मा २८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
आर्थिकभन्दा मानसिक गरिवीका कारण कुपोषण बढ्दै गएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । मानव संशाधन कमजोर भएमा विकासमा बाधा पुग्ने उनले बताए । शरीर स्वस्थ राख्न रगत नै महङ्खवपूर्ण भएकाले भविष्यका आमाहरुलाई रक्तअल्पताबाट बचाउन सकेमा दक्ष जनशक्ति उत्पादन हुनसक्ने चौधरीले बताए । किशोरीलाई आइरन बाँड्नुभन्दा आइरनजन्य खाद्यपदार्थ खाने बानीको विकास गर्न जरुरी रहेको उनले बताए । चौधरीले यसका लागि विद्यालय र स्वास्थ्य संस्थाले महङ्खवपूर्ण खेल्नुपर्ने बिचार व्यक्त गरे ।
घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले घोराहीमा तीन दिनसम्म शिक्षक र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई किशोरीलाई आइरन चक्की वितरणसम्बन्धी अभिमुखीकरण गरेको छ । अभिमुखीकरणमा सुआहरा कार्यक्रमका मातृशिशु अधिकृत आनन्द कर्णले सहजीकरण गरेका थिए । घोराही शिक्षा शाखा प्रमुख नारायण पौडेलले आइरन चक्की वितरणमा सहयोग गरी किशोरीमा हुने रक्तअल्पता न्यूनीकरणमा भूमिका खेल्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here