देउखुरी, १० चैत । दाङ वन पैदावार काष्ठ उद्योग व्यवसायी संघको प्रथम साधारणसभा जखेरा तालमा भएको छ । संघका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता तथा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दाङ वन पैदावारमा धनी भए पनि जिल्ला बाहिरबाट काठहरु भिÏयाउनुपर्ने बाध्यता रहेको बताएका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका भूपेन्द्र सुवेदी, डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत देवीप्रसाद चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, नारायण विवश, राधेश्याम गुप्ता, संघका उपाध्यक्ष कुलराज गिरी, मानिसिङ बोहरा, लोकमणि बञ्जाडेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव दुर्गा गिरीले प्रगति र कोषाध्यक्ष दुर्गाबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहअध्यक्ष दिनेश कार्कीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्जालन सचिव रेशम गिरीले गरेका थिए ।
