- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकाल बन्दै सडक

काल बन्दै सडक

- Advertisement -spot_img

घोराही, १० पुुस । पहाडी संरचना, साँघुरा सडक, खचाखच यात्रुुको चाप, चालकको लापरवाही लगायतका कारण सडक दुर्घटनामा दैनिकजसो धेरै मानिसले ज्यान गुुमाउनुु परिरहेको छ । विहेको लागि गएका जन्ती होस् या शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी तथा शिक्षक होस् वा गन्तव्यमा हिडेको यात्रुु दैनिक कुनै न कुनै प्रकारले सडक दुुर्घटनाबाट ज्यान गुुमाउने गरेका छन् । विभिन्न समयमा जीउ नै सिरिङ्ग हुुने यस्ता दुुर्घटनाका खबर सुन्न कहिलेसम्म बाध्य हुुने नागरिक ? अनि अकालमा मृत्युवरण स्विकार गर्नुुपर्ने बाध्यता कहिलेसम्म भन्ने प्रश्नको जवाफ कोहीसँग छैन । सडक दुुर्घटनामा दैनिक मानिसले ज्यान गुुमाउँदा पनि न सडकको अवस्था सुुधार हुुन सकेको छ न त चालक नै सचेत बन्न सकेका छन्, न त उद्धार संयन्त्र नै बलियो बन्न सकेको छ । सडक दुुर्घटनामा दैनिकजसो धेरै नागरिकले ज्यान गुुमाउनु पर्ने अवस्था कहिलेसम्म ? भन्ने आम नागरिकले गरेको प्रश्नको जवाफ कसैसँग छैन् । सडकमा बढ्दो सवारीको चाप, साँघुरा सडक, खचाखच यात्रुुको चाप, चालकको लापवाही लगायतका कारण हुुने सवारी दुुर्घटनाले मानिसलाई भावविह्वल मात्रै बनाउँदैन्, आक्रोसित पनि बनाउन थालेको छ ।
शुक्रबार तुुलसीपुुर–३ राम्रीमा भएको शैक्षिक भ्रमणको बस दुुर्घटनाको घाउ सेलाउन नपाउँदै सोमबार दिउँसो फेरी घोराहीमा भएको दुर्घटनामा परी एकजनाले ज्यान गुमाउनुु परेको छ । घोराही उपमहानगरपालिका–१४ घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिदा चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखाली निबासी २९ बर्षिय मेघराज पुनमगरको मृत्यु भएको हो । घोेराहीमा नयाँ बजारमा बसको ठक्करबाट स्कुटी चालक पुनको मृत्यु भएपछि मृतकका आफन्तले सोमबार दिनभर घोराहीमा प्रदर्शन गरे । घटनापछि उत्पन्न भएको स्थितिलाई सामान्य बनाउन प्रहरीले अश्रुुग्याँस समेत प्रहार गर्नुपर्ने अवस्था आयो ।

सडकमा बढ्दो सवारीको चाप, साँघुरा सडक, खचाखच यात्रुुको चाप, चालकको लापवाही लगायतका कारण हुुने सवारी दुुर्घटनाले मानिसलाई भावविह्वल मात्रै बनाउँदैन्, आक्रोसित पनि बनाउन थालेको छ ।


मृतकका आफन्तले घोराहीमा नाराबाजी गर्दै विभिन्न ठाउँमा तोडफोडसमेत गरे । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले अश्रुुग्याँस प्रहार ग¥यो । दुर्घटनामा परी स्कुटरमा सवार फुर्सेखालीकै २४ बर्षिय महेश बुढामगर घाइते भएका छन् । उनकोे कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट पुुनको मृत्युपछि पीडित परिवार र स्थानीयहरुले शवलाई प्रहरीले जबरजस्ती उठाएको आरोपसमेत लागेको छ । आन्दोलनकारीहरु बजारका पसलहरु बन्द गराउँदै हिडेका थिए । प्रहरीले बल नै प्रयोग गरेर ९ सेल अश्रुग्याँस फायर गरी भिडलाई तितरबितर पारेर शवलाई उठाएको थियो । घटनापछि पीडितका आफन्तले बजार बन्द गराउँदै हिड्ने क्रममा केही युवाहरुले दुईवटा टिप्परमा समेत तोडफोड गरेका छन् । युवाहरुले प्रहार गरेको ढुंगा लागेर टिप्परका चालक बंगलाचुली गाउँपालिका–८ रानीबासका ४३ बर्षिय दलसिंह दर्लामी पनि गम्भीर घाइते भएका छन् । उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
प्रहरीले ढुंगा हान्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको प्रहरी प्रमुुख बेलबहादुर पाण्डेले जानकारी दिए । पीडित पक्षसँग भएको छलफल सोमबार निष्कर्षमा पुुग्न नसकेपछि मंगलबार आज फेरी सहमतिका लागि छलफल हुुने प्रहरी प्रमुख एसपी पाण्डेले बताए । उनले भने– चालककै लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारवाहीको प्रक्रियालाई अघि बढाउने र पीडित पक्षको मागलाई छलफलमा लैजान सहजीकरण गर्ने बताए ।

घाइतेको उपचार जिल्लामै कहिले ?

दाङमा दैनिकजसो दुुर्घटनामा घाइतेको जिल्लाभित्र उपचार हुन सकेको छैन् । जिल्लाभित्रै उपचार हुुन नसक्दा गम्भीर प्रकृतिका उपचारका बिरामीलाई बाहिर लैजानुुपर्ने अवस्था अझै पनि छ । शुक्रबार भएको सडक दुुर्घटनाका घाइतेलाई जिल्ला बाहिर लैजानुुपरेको थियो भने सोमबार पनि यस्तै भएको छ । सोमबार भएको दुुर्घटनामा घाइतेलाई पनि जिल्ला बाहिर लैजानुुपरेको छ । सोमबार घोराहीमा भएको दुुर्घटनापछि घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि घाइतेको नेपालगंज रिफर गरिएको छ । जिल्लाभित्रै उपचार सम्भव नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको छ घोराहीका महेश आरोहीले भने । उनले गम्भीर प्रकृतिका घाइतेलाई जिल्लामै उपचार सम्भव भए धेरै बिरामीको ज्यान जोगिने बताए ।

राम्री दुर्घटनाका ६ घाइते डिस्चार्ज, ५ आइसियुमा

शुक्रबार तुलसीपुरको राम्रीमा भएको बस दुर्घटनामा परी घाइते भएका शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका १३ विद्यार्थीमध्ये ६ जना डिस्चार्ज भएका छन् भने पाँचजनालाई आइसियुमा राखिएको छ ।अन्य दुईजना वीर अस्पतालको ट्रमा सेन्टरकै इमरजेन्सीमा राखिएको छ । घाइते जुम्लाकी हिमाली हमालको कोहलपुरबाटै डिस्चार्ज गरिएको थियो भने काठमाडौँमा थप पाँचजना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलालीकी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी बर्षा रोकाय रहेका छन् ।
उनीहरुमध्ये विक्रम भण्डारी आफन्तसँग बसेको र बाँकी चारजनालाई सिटिइभिटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए । बाँकी घाइतेमध्ये जुम्ला चन्दननाथका जीवन भण्डारी, रुकुम सानीभेरीकी रेजिना पुन, रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश ओली र दाङ बंगलाचुली गाउँपालिका स्यूजाकी मेनुका रिजाललाई ट्रमा सेन्टरको आइसियूमा राखिएको छ । भने अछाम मंगलसेनका युवराज ढुंगानालाई शिक्षण अस्पताल महाराजगंजको आइसियुमा राखिएको छ । त्यस्तै रुकुम सानीभेरीका राजन डाँगी र अछाम मंगलसेनका भद्र बिष्टलाई ट्रमा सेन्टरको इमरजेन्सीमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिए । अर्का घाइते दाङको सञ्जय खनालको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । दाङको शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको गाडी राम्रीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here