Saturday, April 20, 2024
Homeफिचरकालोपत्रे सडकका लागि वडाको ३० लाख

कालोपत्रे सडकका लागि वडाको ३० लाख

- Advertisement -spot_img

तुलसीपुर, ३ बैशाख । तुलसीपुर–५ स्थित सल्यान रोडदेखि गुम्मसम्म जाने वाटो कालोपत्रे हुने भएको छ । वडा नम्बर ५, ६ र ७ को सीमानामा पर्ने उक्त बाटो कालोपत्रेका लागि वडा नम्बर ५ ले बजेट विनियोजन गरेसँगै सडक कालोपत्रेको काम सुरु भएको हो । वडा नम्बर ५ को ३० लाख बजेटबाट कालोपत्रेको काम सुरु भएको निर्माण समितिले जनाएको छ ।
यसैबीच सडक कालोपत्रेको शिलान्यास गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष सन्तोष गुप्ताको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष शाहले उक्त सडक वैकल्पीक सडकको रुपमा प्रयोग हुने बताए ।
उनले यस क्षेत्रका बासिन्दाहरुको सहजताको लागि वडा नम्बर ५ ले बजेट विनियोजन गरी कालोपत्रेको काम अगाडि बढाएको भन्दै अन्य वडाहरुले पनि सहयोग गर्नुपर्ने बताए ।
‘यो सडक वैकल्पिक सडकको रुपमा प्रयोग हुने सडक हो, यसमा कालोपत्रे सडक सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ’ उनले निर्वाचनको समयमा आफूहरुले बोलेका कुराहरु पूरा गरेकोसमेत बताए ।
त्यस्तै शाहले विकासमा राजनीति गर्न नहुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताए । त्यसैगरी वडा सदस्य सुरेश श्रेष्ठले यहाँका नागरिहरुलाई सहजताका लागि चुनावको समयमा सडक ग्राभेल गरेको र हाल पहिलो प्राथमिकता दिएर आफूहरुले बजेट छुट्याएको बताए ।
कार्यक्रममा विष्णु टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर वलीले सबैले यस सडकलाई उपेक्षा गरेको र वडा नम्बर ५ ले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरी कालोपत्रे हुन लागेको भन्दै खुशी व्यक्त गरे ।
‘यो सडकको स्तोरोन्नतिका लागि कसैले ध्यान दिएको थिएन् तर आज वडा नम्बर ५ ले हामीलाई सहयोग गरेको छ उनले भने । स्थानीय इन्द्रबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भोला थापाले गरेका थिए । उक्त बाटो यस आर्थिक बर्षभित्र कालोपत्रे हुने निर्माण समितिले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here