- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकार्यान्वयन हुने शिक्षा नीति आवश्यक

कार्यान्वयन हुने शिक्षा नीति आवश्यक

- Advertisement -spot_img

घोराही, २१ असार । कार्यान्वयनमा जान सक्ने शिक्षा नीति अहिलेको आवश्यकता भएको यहाँका शिक्षा सरोकारवालाहरुले बताएका छन् । उनीहरुले नीति ल्याउने तर व्यवहारमा कायान्वयन नहुने अवस्था रहेको भन्दै अहिले संसदमा दर्ता हुने तयारीमा रहेको शिक्षा विधेयकमा कार्यान्वयनमुखी नीति राखेर अघि बढाउनु पर्ने बताएका हुन् ।
कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय शिक्षा विधेयक २०७५ का बारेमा दाङमा भएको छलफलका सहभागी शिक्षा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
१७ परिच्छेद र १८५ दफा रहेको उक्त विधेयकमा शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय शिक्षा विधेयक २०७५ का सन्दर्भमा भएको छलफलमा सहभागीहरुले नेपालको संस्कृति र माटो सुहाउँदो दक्ष जनशक्ति तयार पार्ने खालको र कार्यान्वयन हुने शिक्षा नीति बनाउन सुझाव दिएका थिए ।
सहभागीहरुले नेपालको मुल कानुन र शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राखिएका केही विषय र बुँदाहरु एकआपसमा बाँझिने भएकाले त्यसलाई संशोधन र परिमार्जन गर्न सहभागीहरुले सुझाव दिएका छन् ।
शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (राष्ट्रिय शिक्षा विधेयक २०७५) संसदमा टेवल गर्न अघि गरिएको छलफलमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

विधेयकले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गर्ने, निजी लगानीका विद्यालयलाई मुनाफा नलिने सामाजिक संस्था वा कम्पनीका रुपमा रपान्तरण गर्नसक्ने विषयमा छलफल भएको छ ।

सरकारले तयार पारेको विधेयकमा थप सुझाव संकलनका लागि नेपाल कानुन समाजले देशका विभिन्न स्थानमा संवाद कार्यक्रमका माध्यमबाट सुझाव संकलन गरेको हो ।
विधेयकले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गर्ने, निजी लगानीका विद्यालयलाई मुनाफा नलिने सामाजिक संस्था वा कम्पनीका रुपमा रपान्तरण गर्नसक्ने विषयमा छलफल भएको छ ।
त्यसका लागि ऐन प्रारम्भ भएपछि सबै निजी लगानीका विद्यालयहरु सेवामूलक रुपमा सञ्चालन हुने र हाल सञ्चालनमा रहेका निजी विद्यालयहरु यो ऐन प्रारम्भ भएको दश बर्षभित्र निजी मुनाफा नलिने प्रकृतिका कम्पनी वा गुठीका रुपमा रुपान्तरण गर्नुपर्ने ऐन निर्माण भएको नेपाल कानुन समाजका केन्द्रीय सदस्य तथा बरिष्ठ अधिवक्ता रमेश लेखकले बताए ।
उनका अनुसार सार्वजनिक शैक्षिक गुठी विद्यालयमा रुपान्तर हुने निजी विद्यालयहरुलाई सरकारले तोके बमोजिको प्रोत्साहन सुविधा उपलव्ध गराउने छ ।
छलफल कार्यक्रममा लेखकले विधेयकको उद्देश्य, विद्यालयको वर्गीकरण, शिक्षाको तहगत वर्गीकरण, संघीयता र शिक्षा सम्बन्धी अधिकारको बाँडफाँड, विद्यालय स्थापना र बर्गीकरण,
निजी विद्यालयबारे नयाँ व्यवस्थालगायतका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा शिक्षा तथा स्वास्थ्य समिति सदस्य रेखा कुमारी झाले शिक्षा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्दै सभ्य र दक्ष जनशक्ति उत्पादन गर्ने गरि शिक्षाको विकास गर्नका लागि नयाँ विधेयक आउन थालेको बताइन् । नयाँ विधेयकले आधारभूत तह अनिवार्य र निःशुल्क गरेकाले अब कुनै पनि बालबालिका पढाइबाट बञ्चित हुन नपर्ने बताइन् ।
शिक्षा ऐनलाई गम्भीर रुपमा लिएर छलफल गर्नको लागि घोराहीमा आएको बताइन् । शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने भन्दै उनले यसलाई गहनरुपले लिनु पर्ने बताइन् । यी विषयलाई गुणस्तरतासँग जोड्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य गजेन्द्रबहादुर महतले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्नेे बताए । देशको नयाँ संघीय प्रणाली अनुसार शिक्षाको विकास गर्न सरकार लागि परेको समेत बताए ।
प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेपनि संघ, प्रदेश र स्थानीयतहका बीच बाँझिने गरि कानुन निर्माण भएको बताए । जसले गर्दा विद्यालयको शैक्षिक सुधारका लागि कुन तहले पहल गर्ने भन्ने अन्यौल पैदा हुने खतरा रहेको समेत बताए ।
कार्यक्रमका अन्य सहभागीहरुले सरकारले शिक्षा सम्बन्धी ल्याउन थालेको नयाँ विधेयक राम्रो रहेको भन्दै कडाईका साथ कार्यान्वयनमा ल्याउन सुझाव दिएका थिए ।
नेपालमा धेरै कानुन बन्ने तर व्यवहारमा लागू नगर्ने संस्कार रहेको भन्दै सहभागीहरुले त्यसको अन्त्य गर्नुपर्ने बताएका थिए । नेपालको शैक्षिक कार्यक्रम दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावतको अध्यक्षतामा भएको थियो । नेपाल कानुन समाज र जिल्ला बार एसोसिएसन दाङको संयुक्त आयोजनामा छलफल भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here