- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरकार्यपालिका बैठकद्वारा महत्वपूर्ण निर्णय

कार्यपालिका बैठकद्वारा महत्वपूर्ण निर्णय

- Advertisement -spot_img

देउखुरी, १४ बैशाख ।
लमही नगरपालिका नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरु पास गरेको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले महत्वपूर्ण निर्णयहरु पास गरेको हो । चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि म्याचिङ फण्ड मार्फत सञ्चालन गर्न योजनाहरु प्रदेश सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ ।
जसअन्तर्गत वडा नम्बर १ को सुनडवरी सडक कालो पत्रे गर्ने, २ नम्बर वडाको सिमा प्रारम्भदेखि केरुनियासम्म सडक कालोपत्रे गर्ने, वडा नम्बर ३ को मसानघाटदेखि बालतारा आधारभूत विद्यालयसम्म सडक कालोपत्रे गर्ने, वडा नम्बर ४ को अर्नवादेखि बयलडाँडासम्म सडक कालोपत्रे गर्ने, वडा नम्बर ५ को आदर्श टोलमा नालीसहित सडक कालोपत्रे गर्ने, वडा नम्बर ६ को पिपलबोटदेखि लंगडी जाने सडक कालोपत्रे गर्ने, वडा नम्बर ७ को वडा कार्यालय भवन तथा पखाल निर्माण गर्ने, वडा नम्बर ८ को राप्ती माविदेखि टेङ्नैया हुँदै सतवरिया स्वास्थ्य चौकीसम्म सडक कालोपत्रे गर्ने, वडा नम्बर ९ को रिहारदेखि कोल्तरा हुँदै तरुलिया सडक पिच गर्ने निर्णय गरिएको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए । यस्तै बैठकले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत आ.व. २०७६÷०७७ को लागि तपसिलमा उल्लेखित योजनाहरु छनौट गरी माग गर्ने निर्णय गरेको छ ।
जस अन्तर्गत वडा नम्बर १ को बसन्तपुरमा लिफ्ट खानेपानी आयोजना, वडा नम्बर २ को सोनपुर स्वास्थ्य चौकीको अधूरो भवन निर्माण, वडा नम्बर ३ को टिकुलीगढ चोकदेखि जखेराताल जोड्ने सडक कालोपत्रे, वडा नम्बर ४ को दामोदर चोकदेखि बनगाउँ चोकसम्म नाली निर्माण, वडा नम्बर ५ मा आधुनिक बधशाला निर्माण, वडा नम्बर ६ को मध्यनगर चौराहदेखि कसियापुरसम्म नालीसहित सडक कालोपत्रे, वडा नम्बर ७ को वनघुस्रीदेखि हस्नापुरसम्म बाटो कालोपत्रे गर्ने, वडा नम्बर ८ को भत्तरकुण्डा विद्यालयदेखि खोलीगाउँ हुँदै जहरे राजमार्गसम्म सडक कालोपत्रे गर्ने, वडा नम्बर ९ को कालीखोला र तरुले खोलामा पुल निर्माण गर्ने निर्णय भएको छ ।
लमही नगरपालिका वडा नम्बर ४ को अर्नवा मोडदेखि चैलाही जोड्ने पुलको डिपिआरसमेत भईसकेको हुँदा निर्माणका लागि प्रदेश सरकारलाई माग गरी पठाउने, लमही नगरपालिका वडा नम्बर २ को रनियापुरदेखि राजपुर जोड्ने पुलको डिपिआर भईसकेको हुँदा उक्त योजना निर्माणका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय, लमही नगरापालिका वडा नम्बर ७ को हस्नापुर गाउँको जग्गादेखि दक्षिणतर्फ र राप्ती नदीको उत्तरतर्फ अन्दाजी २० विगाहा ऐलानी जग्गामा औद्योगिक ग्राम र अटो भिलेज निर्माण गर्न जग्गा उपलब्ध गराउने, लमही नगरपालिका वडा नम्बर १ को राजमार्गदेखि नेत्रलाल स्मृती पार्कसम्म जाने बाटोकोे नाम सुशील मार्ग नामाकरण गर्ने गरी निर्माण गर्नका लागि श्रीकृष्ण चौधरीलाई अनुमति दिने, लमही अस्पतालमा रेबिज र टिटीको भ्याक्सिन अभाव भएको हुँदा नगरबासीलाई सर्वसुलभ रुपमा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरी भ्याक्सिन खरिद गर्ने र नगर क्षेत्रका सेवाग्राहीलाई मध्यनजर गर्दै २०७६ असार मसान्तसम्म लमही नगरपालिकाको कार्यालय प्रत्येक आइतबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने भएको छ र यस अवधिमा पर्ने सार्वजनिक बिदामा समेत कार्यालय खुल्ला रहने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here