Wednesday, March 27, 2024
Homeमुख्य खबरकार्यकर्ता एकीकरण नहुँदा समस्याः मुख्यमन्त्री

कार्यकर्ता एकीकरण नहुँदा समस्याः मुख्यमन्त्री

- Advertisement -spot_img

घोराही, ६ भदौ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कम्युनिष्ट पार्टीमा कार्यकर्ताहरुबीच एकता हुन नसक्दा सरकार सञ्चालनमा समस्या भएको बताएका छन् । पार्टीका कार्यकर्ताहरुले सरकारले गरेका कामहरुको नकारात्मक टिकाटिप्पणी भईरहेको उनले बताए । ‘पार्टीमा जमात ठूलो छ, तर कार्यकताहरुमा जिम्मेवारी कति पनि देखिएको छैन्’ प्रेस चौतारी र प्रेस सेन्टर दाङले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले भने ‘जसले गर्दा पार्टी तथा सरकारले गरेका सत्य कुराहरु पनि टिकाउन समस्या भएको छ ।’ केन्द्रमा पार्टी एकीकरण भएपनि कार्यकर्ताहरुमा एकीकरण हुन नसकेको र जिम्मेवार पनि नदेखिएकाले त्यसप्रति ध्यान दिन सुझाव दिए । सरकारको विरुद्धमा प्रतिपक्षले सडक सदन तताईरहेको बेला कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु एक हुन सुझाव दिए । सरकार समृद्धिको बाटोमा हिडिसकेकाले सके सहयोग गर्न र नसके धैर्य गर्न अनुरोध गरे । दाङको पार्टी एकीकरणको विषयमा कुरा गर्दै मुख्यमन्त्री पोख्रेलले पार्टीको निर्णय अनुसार नै भएको स्पष्ट पारे । ‘कसैले एक्लै निर्णय गरेको होइन्’ उनले भने जिल्लास्तरबाट आएको प्रस्तावलाई नैै पार्टीले निर्णय गरेको हो । जिल्लाको एकीकरणको विषयमा विभिन्न टिकाटिप्पणीको विषयमा कुरा गर्दै उनले पार्टीको जिम्मेवार नेता पूर्व अध्यक्ष टिकाराम खड्काबाट नकारात्मक टिकाटिप्पणी हुनै नसक्ने बताए । पूर्व अध्यक्ष खड्कालाई प्रदेशको सचिवालय सदस्यमा सिफारिस गरिएको समेत जानकारी दिए । दाङमा दुई वर्षभित्र कोइलाबास नाका खोल्ने, प्यूठान राजमार्गलाई पूर्ण गरिसक्ने बताए । दाङ विकासको बाटो अगाडि बढिसकेकाले कोही पनि नआत्तिन अनुरोध गरे । दाङ राजधानीको विषयमा कुरा गर्दै मुख्यमन्त्री पोख्रेलले कहाँ राजधानी बन्ने भन्दा पनि कस्तो राजधानी बनाउने विषयमा छलफल भइरहेको बताए । ‘राजधानीको लागि स्थान तोक्ने हो भने विवाद हुन्छ’ उनले भने कस्तो राजधानी बनाउने भन्नेमा छलफल गर्ने हो भने सहमतिमै राजधानी हुन्छ ।’ सहमतिमै राजधानी हुने उनले बताए । सडकको विषयमा दंगाली ठेकेदारको लापरवाहीले नै सडकको काम समयमा हुन नसकेको बताए । सडक निर्माणको लागि आवश्यक पर्ने रकम गत आर्थिक वर्ष पठाईसकेकाले सडक निर्माणको लागि जिम्मा लिएका ठेकदारहरुको चरम लापवाही भएको बताए । प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रमको सजीकरण प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here