कारोवार अपेक्षित रुपमा हुुुन सकेन

फिचर मुख्य खबर समाज

प्रदेशस्तरीय पोल्ट्री महोत्सव
घोराही, २२ माघ । दाङको घोराहीमा सञ्चालन भएको प्रदेशस्तरीय पोल्ट्री महोत्सव २०७५ मा आर्थिक कारोबार अपेक्षित रुपमा हुुन नसकेको आयोजकले बताएका छन् । महोत्सव मुल आयोजक समितिका संयोजक निमबहादुर बुुढाथोकीका अनुुसार महोत्सवमा करिब ४० लाखको मात्रै कारोबार भएको छ । उनले भने– अपेक्षित रुपमा आर्थिक कारोबार त हुुन सकेन् तर कुखुरा व्यवसायीलाई एकतावद्ध गर्न सफल भएका छौँ, महोत्वसमा आय–व्यय उस्तै÷उस्तै होला, हामीले एक साताभित्रै सम्पूर्ण आय–व्यय प्रस्तुत गर्ने छौँ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजना घोराहीमा माघ १० देखि २० गतेसम्म सञ्चालन भएको महोत्सवमा करिब ५० हजार जनाले अवलोकन गरेको उनले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि करिब ३० हजार टिकट बिक्री भएको छ भने अन्य गरेर करिब आधा लाखले मेला अवलोकन गरेका छन् । महोत्सवमा अपेक्षाभन्दा आधा दर्शक अवलोकनका लागि आएको भन्दै उनले महोत्सव सफल भएको दाबी गरेका छन् ।
हाम्रो लक्ष्य त करिब एक लाख दर्शकलाई अवलोकन गराएका थिए । तर लक्ष्यभन्दा आधा कमले मेला अवलोकन गरेका छन् उनले भने । प्रथम पोल्ट्री महोत्सव भएका कारण पनि विभिन्न चुनौतीको सामना गर्दै महोत्सव सफल बनाएका छौँ उनले भने, कुखुरापालक व्यवसायीलाई कम्तिमा पनि एकतावद्ध गराउन सफल भएका छौँ भने पोल्ट्री व्यवसायको बजारीकरणका लागि राम्रै फाइदा पुगेको छ । पोल्ट्री व्यवसायलाई प्रवद्र्धन गर्न भनेर आयोजना गरिएको महोत्सव १० दिनसम्म हुुँदा खर्च बढेता पनि यो व्यवसायको राम्रै सन्देश पुुगेको छ उनले भने । अबका दिनमा पनि महोत्सवलाई जारी राख्नेछौँ तर ४÷५ दिन जति मात्रै महोत्सव गर्ने आगामी लक्ष्य योजना छ उनले भने । कुखुरापालन तथा बजारीकरणको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ शुरु भएको महोत्सवमा कुखुरा उत्पादन तथा बजारीकरणमा राम्रो सहयोग पुगेको आयोजकले दावी गरेका छन् । महोत्सवमा कृषकलाई कुखुरा उत्पादनसम्बन्धी परामर्श दिएको महोत्सवका निर्देशक महेन्द्र बुढाथोकीले बताए । उनले दाङमा कुखुरापालनमा करिब १० अर्ब लगानी भएको भन्दै कुखुराको व्यवसायीकरणमा महोत्सवले ठूलो सहयोग पुगेको बताएका छन् । उनले भने– जिल्लामा ३० हजार बढी व्यवसायी कुखुरापालन व्यवसायमा आवद्ध छन् । महोत्सवमार्फत कृषि उत्पादनको बजारीकरणमा पनि फाइदा भएको छ, अल्लो धागोको बजारीकरणमा पनि सहयोग पुगेको छ उनले भने । महोत्सवले पोल्ट्री व्यवसायलाई एकताबद्ध बनाएर अघि बढ्न झनै सहयोग पुुगेको छ, कम्तिमा दाङ कुखुराजन्य सामानमा आत्मनिर्भर बन्दै गएको रहेछ भन्ने सन्देश गएको छ । महोत्सव नाफा÷घाटा के भयो भन्ने कुरा आय–व्यय सार्वजनिक गरेपछि थाहा हुने कुरा भयो तर यति दाबी गर्न सकिन्छ महोत्सव सफल भएको छ । पोल्ट्री महोत्वसमा ८४ स्टल भएपनि अधिकांश खाली रहेका थिए । स्टलमा अन्य व्यवसायभन्दा पनि कृषि उत्पादनसँग जोडिएका सामाग्रीको स्टलमात्रै राख्ने उद्देश्य भएका कारण सीमित स्टल मात्रै बुुकिङ भएको आयोजकले बताएका छन् । स्टलमा चारवटा अल्लो धागो उत्पादनका सामाग्री रहेका थिए भने अन्य कुुखुुरा उत्पादनका जोडिएका स्टलहरु रहेका थिए । कृषि उत्पादनसँग जोडिएका सामाग्रीको स्टललाई ५० प्रतिशत छुुटमा राख्न दिएका थियौँ, सामुुदायिक प्रहरी सेवा केन्द्र, भिक्टोरिया कलेज, भेटनरी लगायतकालाई निःशुल्क स्टल उपलब्ध गराएको स्टल व्यवस्थापन समितिका संयोजक रोशन खड्काले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *