- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरकाम र सिकाइ सँगसँगै

काम र सिकाइ सँगसँगै

- Advertisement -spot_img

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ ? एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन ? कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष अन्तर्गत खोतल्ने प्रयास गरेका छौँ । यो अंकमा दंगीशरण गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरीसँग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौँ ।
निर्वाचित भएर आफूले जिम्मेवारी सम्हालेको पनि एकवर्ष पूरा भएर यहाँसम्म आईपुगियो । यहाँसम्म आईपुग्दा धेरै सिकाइ, अनुभवसँगै केही काम गर्ने अवसरको रुपमा समेत रहेको रुपमो ठानेको छु । यहाँसम्म आईपुग्दा धेरै कुरा सिक्ने र तोकिएको जिम्मेवारी र केही नयाँ कामको समेत थालनी गरियो । जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर पहिला नपाएकोले धेरै कुराको जानकारी नहुँदा केही सानातिना समस्या भने रहे तर समस्या समाधान गरेर काम गर्ने गरियो । दंगीशरण गाउँपालिका अन्तर्गत वडा नम्बर १ सबैभन्दा भौगोलिक समस्या र विकासमा समेत लामो समयदेखि हुन नसकोको हुँदा जनताको अपेक्षा अनुसार सबै काम पूरा गर्न सकिएन तर आफूले भ्याए र बुझेसम्म सधै वडाको विकास र हितको लागि भने सधै खटिरहे ।
चुनाव अघि वडाको विकास र जनतालाई परेको अप्ठेरोमा काम गर्ने अठोटका साथ चुनाव लडिएको हो । त्यसैले वडाको विकास निर्माण र जनताको सुख, दुःखमा सहयोगसँगै काम गर्न कुनै कञ्जुस्याइँ गरेको छैन । आफ्नो घर व्यवहारभन्दा बढी वडाको विकास र समृद्धिको लागि लागिपरेको छु । तर पनि जनताको जुन अपेक्षा थियो त्यो अनुसारको विकासले गति भने लिन सकेको छैन । तर पनि निरन्तर समग्र वडाको विकासको कुरालाई सोचेर अघि बढेको छु । पहिलो वर्ष भएकोले पनि होला काम गर्ने केही कुरा आफूले नबुझ्दा र जनतालाई पनि बुझाउन नसक्दा केही समस्या भने देखियो । पहिलाको जस्तो स्थानीय निकाय अहिले छैन । अहिले काम गर्नको लागि विभिन्न नयाँ प्रावधान र प्रविधिको समेत सुरुवात भएको छ । त्यसले गर्दा पनि काम गर्न केही सहज र समस्या दुबै थपिएको छ ।

चुनौती

पहिलो बर्ष भएकोले पनि होला विभिन्न चुनौतिसँग सामना पनि गर्नुपरेको छ । आईपर्ने चुनौतिहरुसँग सामना गर्न पनि रमाईलो हुँदो रहेछ । तर रमाइलो हुँदो रैछ भनेर मात्रै भएन साँच्चिकै पहिलो वर्ष जनप्रतिनिधिको रुपमा आएसँगै केही चुनौतिको सामना गर्नु परेको छ । यो वडामा मुख्य चुनौति भनेको सडक यातायातको समस्या हो यसमा सुधार ल्याउन केही समय लाग्ला । सँगै वडामा ढुङ्गा तथा गिट्टी बालुवाको निकासी र यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा निकै चुनौतिको रुपमा देखापरेको छ ।
पहिलो बर्ष भएकाले पनि कार्यालय व्यवस्थापनमा केही समस्या देखिए पनि हाल वडा कार्यालय भाडाको घरमा सञ्चालनमा ल्याएर पनि काम भने सञ्चालन गरेका छौँ । वडा आफैले कार्यालय व्यवस्थापनको लागि खर्च गर्न नपाउने भएको हुँदा पनि वडामा केही समस्या भने रहेको छ । दक्ष जनशक्तिको अभाव हुँदा वडाले सञ्चालन गर्ने विभिन्न गतिविधिहरु समेत राम्रोसँग अपडेट हुन सकिरहेको छैन । प्रविधि चलाउन सक्ने दक्ष जनशक्तिको अभाव रहेको छ । साविकको गोल्टाकुरी जोड्ने सडकहरुको अवस्थामा सुधार नआउँदा आफू आएको पहिलो बर्ष पनि सहज यातायात सञ्चालन हुन नसक्नु ठुलो समस्याको रुपमा रहेको मैले लिने गरेको छु । अर्को कुरा यस वडामा पहाडी क्षेत्रमा रहेको बस्ती फुर्केसल्लीको विकास गर्न केही समस्या देखिएको छ

अवसर

अवसरको हिसाबले भन्ने हो भने काम गर्न सकियो भने यो वडाको विकासमा फड्को मार्न सक्ने थुप्रै अवसरहरु रहेका छन् । मुख्य कुरा कार्यकाल अवधिभित्र जनतालाई महसुुस गर्ने गरी विभिन्न विकासका काम गर्न सक्यो भने आउँदा दिनमा त्यसै अवसर खुल्छ । जुन कामको लागि म रात दिन पनि खटिरहेको छु । सँगसँगै कार्यकाल अवधिभित्र वडाभित्र रहेका प्रत्येक बस्तीमा सहज सडकको पूर्वाधार निर्माण गर्न सकियो भने त्यो पनि एउटा अवसर हुन सक्छ भन्ने ठानेको छु । सँगै प्रत्येक घरमा खानेपानीको व्यवस्था गर्ने योजनाका साथ अघि बढेका पनि छौँ । जुनकुरा आफ्नो कार्यकालमा पूरा गर्ने अवसरसमेत हुनेछ । हाम्रा लागि सबैभन्दा ठूलो एउटा अवसर भनेको यो पाँच वर्षको कार्यकालमा मुख्य सडकको सुधार बबई नदीमा निर्माण भैरहेको पक्की पुल निर्माण र मुख्य सडक पिच गर्न सकिने अवसरको रुपमा रहेको छ ।


सबैभन्दा यो एक वर्षको मुख्य उपलब्धि भनेको वडाका जनता वडाको विकासको लागि सधै लागिपरेका छौँ । जुन कामको लागि वडाबासीहरुले पूर्ण साथ र सहयोगसमेत दिएका छन् । त्यो मुख्य उपलब्धिको रुपमा लिएको छु ।


सम्भावना

सम्भावनाको हिसावले गाउँपालिकाभित्र विकास गर्न सकिने यो एउटा वडा हो । माथि मैले उल्लेख गरेका केही कुरा पूरा भएभने विभिन्न कुराले यो वडा समृद्धितिर लम्कने पक्का छ । यहाँ खासगरी तरकारी खेती पशुपालन र कृषिको हिसावले निकै महत्वपूर्ण वडाको रुपमा यो वडा रहेको छ । सँगसँगै बबईको पानीलाई सदुपयोग गर्न सकियो भने सिंचाईमा यो वडा नमुना वडा बन्न सक्छ ।
त्यस्तै प्राकृतिक रुपमा यो वडा जिल्लाकै धनी वडामध्येको एउटा वडा हो भन्ने मैले ठानेको छु । यो वडामा ढुङ्गा, गिट्टीको साथै वनजंगल प्रशस्त रहेका छन्  । सबैभन्दा मुख्य कुरा प्राकृतिक स्रोतको कसरी प्रयोग गर्ने भन्ने मुख्य कुरा हो । यो वडा धेरै नै सम्भावना बोकेको वडाको रुपमा रहेको छ । त्यसैले चाहे र गरेमा विकासमा फड्को मार्न ठूलो सम्भावना रहेको छ ।

वडाको अबको योजना

अबको हाम्रो मुख्य योजना भनेको बंगालपुर फुर्केसल्ली सडकको सुधार ल्याउनुका साथै दुई उक्त सडक पिच गर्ने योजना हो । अर्को कुरा यो वडामा अहिले पनि सिंचाईको सुविधा पुग्न सकिरहेको छैन । सिंचाईका क्षेत्रमा उल्लेख्य काम गर्नु अबको हाम्रो योजना रहेको छ । खानेपानीको लागि विभिन्न योजनाहरु सञ्चालन भैरहेका छन् । यो पाँच बर्षे कार्यकालमा वडाको सबै घरहरुमा खानेपानी पु¥याउने हाम्रो योजना रहेको छ ।
यहाँको पशुपालन, कृषि तथा तरकारी खेतीलाई कसरी व्यवस्थित र आधुनिक तरिकाले सञ्चालन गर्ने भन्ने कुरा हाम्रो योजनाको रुपमा रहेको छ । हामीले वडामा सञ्चालनमा आएका दुईवटा विद्यालयको भौतिक सुधारसँगै गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्य रहेको छ । सँगै वडामा स्वास्थ्य संस्था नरहेकोले स्वास्थ्य इकाई निर्माण गर्ने योजनासमेत बनाएका छौँ । आउँदा दिनमा विभिन्न आयमूलक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने हाम्रो अबको योजना रहनुका साथै वडाभित्र हरेको ढुङ्गा, बालुवाको कसरी व्यवस्थापन गर्ने भन्ने अबको हाम्रो योजना हो । यो बाहेकका अन्य थुप्रै योजना रहेका छन् । जुन योजना भनेर साध्य छैन मुख्य कुरा काम गरेर देखाउनु पर्छ भन्ने कुरा नै महत्वपूर्ण भन्ने लाग्छ ।

उपलब्धि

उपलब्धिको हिसाबले हामी पहिलो बर्षमा विभिन्न खाले समस्या हुँदाहुँदै पनि केही कामको सुरुवात भने अवश्य गरेका छौँ । यो पहिलो बर्षमा हामीले वडाका विभिन्न सडक सुधार तथा ग्राभेल गर्ने काम गरेका छाँै । सँगै वडाको पहाडी भागमा रहेको बस्ती फुर्केसल्लीमा सडकको पूर्वाधार विकासको लागि विशेष ध्यान दिएर वडाको तर्फबाट नै २५ लाख रकमको व्यवस्थापन गरियो । जुन कामको कारण अहिले बर्षमा वर्षा बाहेकको समयमा गाडी सञ्चालन हुनसक्ने अवस्था रहेको छ ।
सँगै खानेपानीका लागि केही साना योजनाहरु केही सुरुवात गरेका छौँ । वडामा भएका दुईवटा विद्यालयको भौतिक सुधारसँगै गुणस्तरीय शिक्षा प्रदान कसरी गर्न सकिन्छ भन्ने कुराको केही भएपनि सुरुवात गरेका छौँ । विभिन्न किसिमका आयमूलक कार्यक्रम तालिमहरु सञ्चालन गरेका छौं । मुख्य कुरा भनेको हामीले यो पहिलो बर्षमा जनताले थोरै भएपनि केही महसुस गर्ने गरी काम गरेका छौँ । जुन जनताले पनि महसुस गरेका छन्, जनतालाई खुशी पार्न सक्नु पनि एउटा उपलब्धि हो । सबैभन्दा यो एक वर्षको मुख्य उपलब्धि भनेको वडाका जनता वडाको विकासको लागि सधै लागिपरेका छौँ । जुन कामको लागि वडाबासीहरुले पूर्ण साथ र सहयोगसमेत दिएका छन् । त्यो मुख्य उपलब्धिको रुपमा लिएको छु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here