दाङ, ११ जेठ ।
समयमै काम पूरा नगर्ने दुईजना निर्माण ब्यवसायीलाई पक्राउ गरेको २४ घण्टा नहुँदै रिहाई गरिएको छ । योजना निर्माणको लागि सम्झौता गरेर काम नगर्ने २२ जना निर्माण ब्यबसायीको सूची तयार पारेर बिहीबार पक्राउ गरिएका दुईजना निर्माण ब्यवसायीलाई प्रहरीले रिहा गरेको हो ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी र सडक डिभिजनका बीचमा जिम्मा लिएको काम असार २० गतेसम्म पूरा गर्ने र पूरा गर्न नसके कानुन अनुसारको कारवाही र सजाय भोग्ने कागजमा हस्तारक्षर निर्माण ब्यवसायीले गरेपछि सडक डिभिजन कार्यालय दाङका प्रमुखको रोहबरमा उनीहरुलाई रिहाइ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।
२०७१ सालमा घोराहीको चार लेन सडक निर्माण र केही पुल निर्माणको जिम्मा लिएर निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण ब्यवसायी पदम शर्मालाई घोराहीबाट र तुलसीपुर चारलेनको सडक निर्माणमा लापरबाही र ढिलासुस्ती गरेको भन्दै निर्माण ब्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट नियन्त्रणमा लिइएको थियो । दुबै जनालाई २४ घण्टा भित्रै रिहाइ गरिएको छ ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी र सडक डिभिजनका बीचमा जिम्मा लिएको काम असार २० गतेसम्म पूरा गर्ने र पूरा गर्न नसके कानुन अनुसारको कारवाही र सजाय भोग्ने कागजमा हस्तारक्षर निर्माण ब्यवसायीले गरेपछि सडक डिभिजन कार्यालय दाङका प्रमुखको रोहबरमा उनीहरुलाई रिहाइ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । श्रेष्ठले काम गर्न र गाराउन सहज होस् भनेर सडकलाई रोहबरमा राखिएको बताए । उनले अन्य ब्यवसायीहरुको खोजी कार्य जारी भएको भन्दै काम नगर्ने र ढिलासुस्ती गर्ने सबैलाई दायरामा ल्याउने बताए ।