Thursday, March 28, 2024
Homeफिचरकाफलले धानेको जीवन

काफलले धानेको जीवन

- Advertisement -spot_img

देउखुरी, २७ बैशाख । बैशाखको टन्टलापुर चर्को घाम । खलखली पसिना चुहाउँदै ग्राहकलाई काफल बेच्नमै व्यस्त हुन्छिन् कमला गुरुङ । उनी बसेको स्थानमा न कुनै ओत लाग्ने छहारी छ न कुनै बोटबिरुवा । छ त केवल एउटा छाता मात्र, त्यो पनि ग्राहकको भिडभाड भयो भने ओरालेर छेउ लगाउनै पर्छ ।
वरिपरी काफलले भरिएका छिटुवा देख्दा मनै लोभिने जस्तो । देख्ने जो कोहीको पनि सजिलै ध्यान खिच्ने राताकाला काफल । बैशाखको चर्को घाम नभनी काफल बेच्न उपल्लो दाङदेखि देउखुरी झरेकी छन् घोराही उपमहानगरपालिका–१८ ढोरेनी निवासी ५६ बर्षिया कमला गुरुङ ।
कमलालाई काफल बेच्न भ्याई न भ्याई हुन्छ । उनी मात्र हैन उनीसँगै श्रीमान् राम बहादुर गुरुङ र एघार बर्षिया नातिनी बर्षा केसी पनि यतिबेला लमहीमा काफल बेच्न व्यस्त छन् ।
लमहीको कोइलावास रोड चोकमा कमला काफल बेच्दै गरेकी हुन्छिन भने बजारकै गोल घर अगाडि एघार बर्षिया नातिनी बर्षा । कमलाका श्रीमान् राम बहादुर लमही बजारको गल्ली–गल्लीमा काफल आयो काफल आयो भन्दै हिड्ने गर्दछन् ।

हरेक बर्ष काफलको सिजनमा लमहीमा आउने गरेको कमला बताउँछिन् । दुःख गरेर पैसा कमाउन केको लाज श्रम मान्नु प¥यो, सानैबाट दुःखमा हुर्किएकी हुँ जुनसुकै काम पनि सजिलो लाग्छ कमला भन्छिन् ।
घरमा कमाउने छोरा बुहारी भारतमा बस्ने भएकोले आफ्नो जीबिका चलाउन सिजन अनुसारको ब्यापार गर्दै आएका छन् गुरुङ परिवार ।
रोल्पाको जुरी मसिनाबाट प्रति छिटुवा २५ सयदेखि ३५ सयसम्म मूल्य तिरेर ल्याउने र यहाँ बिस रुपैयाँ चिया गिलासको नापोबाट बेच्ने गरेको कमलाले बताईन् । एक सिजनमा सबै खर्च कटाएर २५ देखि ३० हजारसम्म बचत हुने गरेको उनको भनाई छ ।
काफल बेचेरै भएपनि घर खर्च राम्रैसँग चलेको उनीहरुले बताए । काफल तयार हुनुभन्दा पूर्व गुरुङ दम्पतीले घोराहीमा तरकारी, फलफुल लगायतको ब्यापार गर्ने गरेको बताउँछन् । गुरुङ दम्पत्ति एघार बर्षिया नातिनीलाई साथमा लिएर जीवन जिउनका लागि संघर्ष गरिरहेका छन् ।
नुन तेलको बाटो होला भनेर घामपानी पनि नभनी आएका हौँ, त्यहि पनि कति महंगो हो भनेर ग्राहकहरु तर्किने गर्दछन् । दाङबाट रोल्पा जानुपर्छ एक हप्ता काफल चाहार्न मै जान्छ, साह्रै दुःख छ तर पनि हरेस खाएका छैनाँै राम बहादुर भन्छन् । उनीहरुलाई काफल बेच्नमा नातिनी बर्षाले साथ दिइ रहेकी छन् ।
बर्षाले घोराहीको लिटिल एञ्जल बोडिङ स्कुलको कक्षा ८ मा पढ्दै छिन । भर्खर भर्खर स्कुल लागेकोले पढाइ खासै नहुने भएकोले र पढाइ खर्च पनि होला भनेर आएको बर्षा भन्छिन ।
गुरुङ दम्पत्तिले हरेक सिजनमा लमही बजारलाई आधार बनाएर काफल बेच्ने गर्दछन् । दुःख गरे अनुसारको आम्दानी पनि हुने गरेको उनीहरुले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here