कान्छी

फिचर साहित्य

दीपा धिताल

ऊ मेरो एकदम मिल्ने साथी । ऊ अर्थात् कान्छी हामी दुई हरेक कुराहरू एकाअर्कालाई साटासाट गर्छौं । उसले मलाई कहिलेकाहीँ सुनाउँछे ! हेर न साथी मलाई हरिले असाध्यै प्रेम गर्छ र, विहे गरौँ पनि भन्दैछ । म के गरौं ?
तैले नी प्रेम गर्छेस् उसलाई ?
गर्छु । तलाई पनि त थाहा छ नि फेरि सोध्न पर्छ र !
उसो भए तैले हरिसँगै विहे गर्छेस् ? गर्छु ।
विहे गर्ने निष्कर्ष नै गरी सकिस् ?
अँ हो !
हेर कान्छी विहे गर्नुपर्छ । तर मलाई त्यो हरिको बानी अलि ठिक लाग्दैन । प्रेम, विवाह भन्ने कुरा क्षणिक र सुखभोगका लागि मात्र हैन । यसलाई निभाउन सक्नु पनि पर्छ । प्रेम अन्धो हुन्छ भन्छन् । पहिला–पहिला मात्र हो ।

पहिला त भन्थ्याँै नि ! सम्पत्तिको केही मोह छैन भनेर । आज फेरि किन यस्तो ? हो ! मेरो साथीले भन्दै थिइ उसको विश्वास नगर, ऊसँग हाम्रो स्तर मिल्दैन भनेर ! तर मैले उल्टै उसलाई गाली गरे । तिम्रो विश्वास गरेर बा, आमा, दाजुभाइ छोडेर तिम्रो पछि लागेर आए ! तिमी जस्तो पाखण्डीलाई मैले लोग्ने सम्झेर पुज्नु मेरो भूल रैछ …।

फेरि विवाह पटक–पटक गर्ने कुरा पनि हैन । यो हाम्रो समाजलाई स्वीकार्य पनि हुँदैन । फेरि हामी मध्यम परिवारका हौं । उनीहरु हामीभन्दा उच्चस्तरका छन् । हाम्रो स्तर पनि मिल्दैन उनीहरुसँग । निष्कर्ष गरेकी भए पनि विवाह चाहिँ भएको छैन म त भन्छु फेरि एकपटक सोचेर बिचार गर ।
मैले रक्षालाई यति भनिसके पछि ऊ निकै रिसाई नरिसाओस् पनि कसरी उसले माया गरेको मान्छेलाई मैले यस्तो भनेसी । रक्षाले मलाई नराम्रोसँग गाली गरी तेरो आदर्श र महानताका कुरा तै सँग राख । तैले पनि कसैलाई प्रेम गरेर त देखा अनि थाहा पाउछेस् । खुब अरुलाई सम्झाउने भएकी ? भैगो अब मलाई सुन्नु छैन यो भन्दा बढी कुरा … भन्दै ऊ गई ।
गत बर्ष मात्रै उसले हरिसँग प्रेम विवाह गरेकी थिई । जे भने पनि म उसको साथी हुँ । उसले मलाई विहेमा बोलाएकी थिई । र म गएकी पनि थिए । उनीहरुको स्थिति भित्र जस्तो भएपनि बाहिर चाहिँ गाउँले आफन्तहरुलाई देखाउनको निमित्त पनि निकै फूर्ति देखिन्थ्यो ।
सायद उनीहरुलाई हरिको घरको पनि इज्जत राख्नु थियो । त्यसपछि रक्षा आफ्नो माइती घरबाट थुप्रै दाइजो बोकेर बिदा भई आफ्नो विश्वासिलो प्रेमी हरिको हात समाइ र पराइ घरमा भित्री ।
रक्षासँग भेट नभएको पनि धेरै भैसकेको थियो । उसको फोन नम्बर पनि थिएन मसँग । आज उसकै घरको बाटो हुँदै जान्छु भन्ने मनसाय बोकेर हिंडे । रक्षाको घरको आँगनीमा के पुगेकी थिए । घर भित्रबाट रुदै बोलेको आवाज सुने ।

झन्डै तीन हजार वर्ष अघिदेखि महिलाहरुलाई जे जस्तो अभ्यास गराइयो, उनीहरुमाथि जे जस्तो व्यवहार गरियो त्यसको परिणाम हो महिलालाई दासत्व नै प्रिय लाग्नु सायद । यो नौलो कुरो पनि होइन । तर आफूलाई पढे, लेखेका महिला ठान्नेहरुसमेत आधुनिक दास बन्न स्वीकार गर्नुले भने समाजको अद्योगतिको राम्रो झलक दिन्छ ।

मेरा बा ऋणको कुलोमा चुर्लुम्म डुबेर मात्र धोएका हुन् तिम्रा मेरा गोरा तिम्रो घर परिवारको इज्जतको लागि । मेरा बा अझै पनि तिमीलाई दिएको दाइजोको ऋण तिर्न नसकेर भारतका गल्लीहरुमा आफ्नो रगत पसिना बगाइरहेका छन् ।
तिमी त मेरो श्रीमान पो हौँ ! के तिम्रो शिरमा श्रीमानको मान कत्ति पनि छैन ? अब तिमी मलाई जे गरे गर, म सहेर बस्दिन । तिम्रो घरपरिवारको इज्जतको लागि म अपमान र अन्यायको खोल ओढेर बस्न सक्दिन बुझ्यौ ?
पहिला त भन्थ्याँै नि ! सम्पत्तिको केही मोह छैन भनेर । आज फेरि किन यस्तो ? हो ! मेरो साथीले भन्दै थिइ उसको विश्वास नगर, ऊसँग हाम्रो स्तर मिल्दैन भनेर ! तर मैले उल्टै उसलाई गाली गरे । तिम्रो विश्वास गरेर बा, आमा, दाजुभाइ छोडेर तिम्रो पछि लागेर आए ! तिमी जस्तो पाखण्डीलाई मैले लोग्ने सम्झेर पुज्नु मेरो भूल रैछ …।
त्यो रुवाई र त्यो बोली कान्छीको नै थियो । उसले भन्दै गरेका कुरा मैले बुझिहाले । कान्छीलाई भेट्छु भनी खुसीका साथ हिडेका मेरा पाइला टक्क अडिए । उसको घरको आँगनीबाटै फर्किनु कि ? उसलाई भेटेर नै जानु ?
म दोधारमा परे । हिजो मेरी आमा र बज्यैले भोगेको दासता आज पनि मेरा दिदीबहिनीहरु, साथीहरु किन भोग्दैछ्न् होला ? जति शिक्षित भए पनि बाहिर नराम्रो देखिने डरले किन दबिएर बस्न विवश छन् होला ? म निःशब्द भए ।
झन्डै तीन हजार वर्ष अघिदेखि महिलाहरुलाई जे जस्तो अभ्यास गराइयो, उनीहरुमाथि जे जस्तो व्यवहार गरियो त्यसको परिणाम हो महिलालाई दासत्व नै प्रिय लाग्नु सायद । यो नौलो कुरो पनि होइन । तर आफूलाई पढे, लेखेका महिला ठान्नेहरुसमेत आधुनिक दास बन्न स्वीकार गर्नुले भने समाजको अद्योगतिको राम्रो झलक दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *