- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकानून

कानून

- Advertisement -spot_img

आहा ! कति हसिलो मुहार हेरिरहुँ जस्तो । कति निर्दोष देखिएका उसका आँखाहरु । अलिकति लाज र डरले फरफराई रहेका ओठहरु । उसले मलाई भेट्ने महिनौंदेखिको रहर । पढेको छु उसको जीवन । बुझेको छु उसलाई । एउटा निर्दोष मान्छेको जीवन यस्तो पनि हुन्छ र ? प्रश्न गर्छु आफूले आफैलाई । मानौं आफ्नो जीवनप्रति उसलाई कुनै गुनासो नै छैन ।
(ऊ) अर्थात् रमेश । रमेश सानै थियो आमाले छोडेर अर्कैसँग विहे गरिन् । बाबाले सधैंभरीलाई यो संसारबाट नै बिदा भएर गए । न आमाको काख पायो न त बाबाको माया र स्नेह । माया भन्ने कस्तो हुन्छ रमेशलाई केही थाहा थिएन ।
पढ्न रहर खुब हुन्थ्यो पढ्न पाएन । स्कुल जाने समयमा गोठालो । त्यही पनि राम्रोसँग खान पाउनु छैन । भोको पेटमा विवशताका थालीहरु बजाउन विवश रमेशको जीवन के तपाईं जान्न चाहनुहुन्छ ?
बाल्यकालमै दुःखको समुद्रमा डुबेर दुःखको जीवन जिइरहेको ऊ । अलि ठूलो भएपछि, केही बुझ्ने भएपछि बिहे ग¥यो रमेशले । रश्मीले साथ दिई उसलाई । उसले सोच्यो अहिलेसम्म मेरो कोहि नभए पनि अब मेरो जीवन साथी रश्मी छ ।
रश्मीले अब रमेशलाई जुनीजुनी साथ दिनेछ । उसको दुःख, सुखमा सँगसँगै हिड्ने छ । विहे गरेपछि सम्बन्ध छुट्ने कुरै भएन रमेशले यहि सोच्यो र आफ्नो जीवनमा घाम उदाएको अनुभूति ग¥यो ।
रश्मीले उसलाई साथ दिएकी छ । जिउने हौसला बढेको छ । धन सम्पत्ति कमाउँछु आफ्नै एउटा सुन्दर घर बनाउँछु । आहा ! कति सुन्दर सपना । कति मिठा–मिठा चाहना र खुसीहरु ।
समय दिनप्रतिदिन बित्दै गयो । रमेश र रश्मीले आफ्ना केही खुशी र केही दुःखहरु बाँड्दै गए । भोक्दै गए । सपनाहरू सिलाउँदै गए । दुःख उहीँ थिए । समय उहीँ थियो । रश्मीको साथ पाएपछि दुःखमा पनि सुखको अनुभूति गरिरहेको थियो रमेशले ।
भनिन्छ दुःख भए पनि मनमा शान्ति भएपछि सुख त्यसै हुन्छ । अब रमेश पहिलाको जस्तो थिएन । ऊ पूरै बदलिएको थियो । बदलिएको थियो उसको संसार । खुसी र सुखका आकुराहरु पलाउँदै थिए रमेशमा ।
अब रमेशलाई सपनाहरूको जिम्मेवारी झन थपिए जस्तै भयो । चाहना र कल्पनाहरुले पनि अङ्गालो हाल्दै गए । गरिबीले गरिबलाई नै लखेट्छ भने झै । बिस्तारै उसलाई पनि रश्मीबाट गरिबीले लखेट्दै थियो । रश्मीले १० कक्षासम्म पढेकी थिई ।

यो कस्तो देश ? यो कस्तो कानून ? एउटा दोषी र निर्दोष चिन्न नसक्ने नेपालका प्रत्येक न्यायालयहरु ती न्यायालय होइनन् ती हुन ठूला अपराधी । तिनै हुन हत्यारा । न्यायालय हुन भने त एउटा निर्दोष ब्यक्ति जेल बस्नुपर्ने थिएन होला हैन र ?

रमेशलाई भने पढ्ने रहर हुँदाहुँदै पनि उसको गरिबीले गर्दा पढ्न पाएको थिएन । कति धेरै पढेका पनि बेरोजगारीले गर्दा भौतारिरहेका छन् भने नपढेको ऊ नेपालमा जागिर पाउन त झन असम्भव थियो ।
यही सपनाहरू सँगसँगै अब रश्मीलाई खुसी र सुखी राख्न परदेश लाग्नै पर्ने भयो रमेशलाई । विहे भएको केही समयमै छुट्टिनुप¥यो । त्यो बिरानो ठाउँमा संगीतालाई एक्लै छोडेर आफ्नो रगत र पसिना बगाएर पैसा कमाउन बिछोडका दुई थोपा आँसु झार्दै रमेश भारततिर लाग्यो ।
उसले सोच्यो जिन्दगी जीउनुको अर्थ यही नै हो । सधैं सँगै बसेर नपुग्ने । समय पनि कस्तो निष्ठुर । गरिबीको कारण परदेशमा धन कमाउन गएको रमेश । तर गएको एक महिना नबित्दै ऊ एक्कासी बिरामी प¥यो ।
निको हुने कुनै सम्भावना देखिएन त्यही दुई÷चार दिनमै कमाएको केही पैसा पनि सकियो । त्यसपछि रमेशको काम गर्न नसक्ने अवस्था भयो र फेरि उहीँ पुरानै सपनाहरू साथमै बोकेर धुमील अनुहारमा घर फर्कियो ।
दिनहरु बिस्तारै धकेल्ने क्रममा रमेश पूर्णरुपले सञ्चो भएपछि अब घरमै बसेर जिन्दगी चल्दैनथ्यो । फेरि परदेश जाने निर्णय ग¥यो र विदेशको भिसा लगायो । भिसा पनि केही दिनमै आइपुग्यो । अब फेरि रश्मीलाई छोडेर परदेश जानुपर्ने पीडाले सताइरह्यो उसलाई ।
सम्झौता गर्नुपर्ने नै थियो जिन्दगीको । उमेर, रहर र कहिलेकाहीँ साथीभाइहरुसँगको रमाइलो पनि जिन्दगी त हो । आज साथीको विहेमा रमेश साथीको घर गयो । साँझ नाच्ने गाउने कार्यक्रममा रमायो साथीहरूसँग । बिहान भएपछि घरतिर फर्कनलाई आफ्नो बाटो लाग्यो ।
केही प्रहरीहरुसँगै एउटी केटी ऊ भएकै बाटोतिर आउँदैछ्न । सोच्छ यति बिहानै किन आएछन प्रहरी ? सायद गाउँतिर केही भएको होला उतै जान लागेका होलान माम नै सोच्यो । रमेशले बाटो काट्दै थियो उनीहरुकै ।

अचानक तिनै पुलिसहरुले उसलाई एकछिन रोक भाइ भने ऊ झसङ्ग भयो र भन्यो किन सर ? तिम्रो नाम रमेश हो ? हो सर ! त्यतिकैमा उनीहरुले ! तिमीलाई रेप केस लागेको छ भने ।
उफ ! रेप केस …? रमेश छाँगाबाट खसे जस्तै भयो । एकाएक धर्ती भासिन थाल्यो । उसले केही सोच्नै सकेन । ऊ आत्तिदै बोल्यो सर यो के भन्दै हुनुहुन्छ मलाई ? मैले त तपाईंहरुको कुरै झुक्न सकिन ? त्यत्तिकैमा उनीहरुले भने हिड्नुहोस् अब ईलाकामा गएपछि थाहा हुन्छ । अनि रमेशलाई हातमा जबरजस्ती कानूनको हत्कडी लगाएर चौकीमा पु¥याइयो ।
यो सब झुठो खेल कसले खेल्यो रमेशमाथि ? किन फसाइयो उसलाई यो ठाउँमा ? किन अपराधीको कठघरामा उभ्याइयो ? एक सेकेन्डमै सपनाका महलहरु भत्किए रमेशका । हाँस्ने ओठको मुस्कान हरायो । हिड्दा हिड्दै फेरि जीवनका बाटाहरु मेटिए । उसको बोल्ने बोली नै बन्द भयो ।
मेडिकल रिपोर्टका लागि अस्पताल लगियो । त्यहाँ उसको केही देखिएन ऊ निर्दोष थियो । तर कानूनले उसलाई अपराध नै ठहर ग¥यो । मान्छे यतिसम्म निच हुँदो रै’छ कि मान्छेले मान्छेलाई पैसाको लागि जे पनि गर्न सक्दो रहेछ । मान्छेले मान्छेलाई नि बेच्न सक्दो रहेछ र यहाँको कानूनले किन्न पनि ।
यो समयमा रमेशलाई सहयोग गर्ने भनेको रश्मी मात्र थिई । उसले पनि के नै गर्न सक्थी र ! केही पैसा तिरेपछि मात्र ऊ जेलमुक्त हुनसक्थ्यो । तर साँझ बिहान एकछाक खान गाह्रो भैरहेको बेला कहाँबाट पैसा ल्याउनु ? एकछिन सान्त्वना दिएर गैहाली ।
तर रमेशलाई लाग्यो रश्मी उसको बुझ्ने जीवन साथी हो रमेश निर्दोष छ भन्ने कुरा रश्मीलाई थाहा छ, विश्वास छ र त उसले राहतको महसुस गरिरहेको छ । तर ऊ अब त्यो अपराधबाट भने चोखो रहन सक्ने अवस्था थिएन ।
ऊ निर्दोष थियो । यो कुरा उसलाई मात्र थाहा थियो । रमेशले फेरि आफू आफैबाट हा¥यो  । धरौटीमा पैसा तिर्न नसकेर मुद्दा फैसला भएपछि उसलाई पाँच बर्षको जेल सजाए सुनाइयो ।
किन यस्तो घृणित खेल खेली उसले रमेशमाथि ? उसलाई किन यसरी फसाई ? फेरि आखिर किन सजाय सुनाएको दुईदिनमै उसले विहे गरी ? यो कुराले सधैं भरि घोचिरह्यो उसलाई चैनसँग बस्न दिएन । यो कस्तो देश ? यो कस्तो कानून ?
एउटा दोषी र निर्दोष चिन्न नसक्ने नेपालका प्रत्येक न्यायालयहरु ती न्यायालय होइनन् ती हुन ठूला अपराधी । तिनै हुन हत्यारा । न्यायालय हुन भने त एउटा निर्दोष ब्यक्ति जेल बस्नुपर्ने थिएन होला हैन र ? म जस्ता कति निर्दोष ब्यक्तिहरुले कैदी जीवन भोग्नुपरेको होला यहाँ ?
कहिलेकाहीँ यो देशको कानून देख्दा आफ्नो देश भन्न पनि घृणा लागेर आउँछ उसलाई । किनकी को दोषी को निर्दोष ? चिन्न नसकेर उसको जीवन बर्बाद भयो ।
V क्रमश अर्को हप्ता …

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here