- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरकानून गत हप्ताको बाँकी अंश ...

कानून गत हप्ताको बाँकी अंश …

- Advertisement -spot_img

दीपा धिताल

भनिन्छ सत्यताको जीत हुन्छ । यो पनि गलत नै रहेछ । रमेशले त्यो सत्यमा हा¥यो  । र सुरु ग¥यो कैदी जीवन । पढ्न मन लाग्थ्यो पढ्न पाएन । चार महिनाको थियो आमाले छोडेर दोस्रो विहे गरिन । अनि ! बा ऊ एक महिनाको हुँदा यो संसारबाट नै बिदा लिएर गए ।
उसले बाको अनुहारसम्म चिन्न पाएन । सधैंभरी अभावै अभावमा जिएको उसको जिन्दगीले फेरि अर्को अभाव सुरु गरिहाल्यो । उफ ! रमेशको निर्दोष जेल जीवन एकपटक तपाईं आफै सोच्नुहोस् त कस्तो हुन्छ होला ?
रमेश जेलमा छ तर उसले जेलको अनुभूति त्यति गरेन । किनकी उसको जीवन साथी रश्मी थिई उसको साथमा । उसलाई बाँच्ने प्रेरणा दिन्थी । साहस दिन्थी । रमेशको हरेक कुरामा ख्याल गर्थी । उसको निर्दोष जेल जीवन उसलाई राम्रोसँग थाहा थियो । निकै समझदार थिइ रश्मी ।  ।
कहिलेकाहीँ खाना ल्याइदिन्थी । बेलाबेलामा भेट्न जान्थी रमेशलाई । ऊसँगै भएको अनुभूति हुन्थ्यो । रमेश जेलमा हुँदा पनि उसलाई यति माया गर्ने उसको जीवन साथी रश्मी ! सायद जीवन साथी होस् त रमेशको रश्मी जस्तो  ।
तर समय सधैं एकैनासको भएन । मन सधैं एउटै स्थानमा रहेन । रमेशको लागि रश्मीको मन पनि सधैं एउटै स्थानमा रहन सकेन । सोचेको थिएन रमेशले उसलाई त्यति धेरै माया गर्ने जीवन साथी रश्मीले छोडेर जान्छे भनेर ।
आफ्नो जीवन र अस्तित्वलाई यति चाँडै भुल्छे भनेर  । रमेशको जीवन नै तहसनहस भयो । फेरि मनमा आँधी चल्यो । अब जीउनु नै कसको लागि ? बाँच्नु नै कसका लागि ?
अब यो संसारमा उसको कोहि भएन । एउटा निर्दोष मान्छेको जीवन मान्छेले नै किन यसरी बर्बाद गर्न चाहन्छ ? उसलाई बहुला कुकुर आएर टोकिदिए जस्तो भयो । सर्पले ठुगिदिएजस्तो डरलाग्दो जिन्दगी सम्झन मन लागेन ।

\भनिन्छ सत्यताको जीत हुन्छ । यो पनि गलत नै रहेछ । रमेशले त्यो सत्यमा हा¥यो  । र सुरु ग¥यो कैदी जीवन । पढ्न मन लाग्थ्यो पढ्न पाएन । चार महिनाको थियो आमाले छोडेर दोस्रो विहे गरिन ।

अनि ! बा ऊ एक महिनाको हुँदा यो संसारबाट नै बिदा लिएर गए । उसले बाको अनुहारसम्म चिन्न पाएन । सधैंभरी अभावै अभावमा जिएको उसको जिन्दगीले फेरि अर्को अभाव सुरु गरिहाल्यो ।  


बाहिरी भित्तामा झुन्डिएको तस्बिर त छर्लंग देखिन्छ तर मनको भित्तामा झुण्डिएको तस्विर कसले पो देख्छ र ! अब झन रमेशका आँसु पुछ्नलाई कुनै हात बेरोजगार भएनन् ।
के यो मानवको बस्तीमा कुनै मानवता छैन ? बाल्यकालमै दुःखको समुद्रमा डुबेर दुःखको जीवन जीइरहेको रमेश । अलि बुझ्ने भएपछि बिहे गरेर खुसी भयो । त्यही बचेका केही खुशीहरु भनी भताभुङ्ग भए ।
शिरमा सिन्दुर मंगलसूत्र लाउँदैमा कोहि कसैको जीवन साथी हुँदो रहेनछ यहाँ  । आफ्नो दर्जा निभाउन नसक्ने के को जीवन साथी ? जीवन साथी त त्यसलाई भनिन्छ जसले हरेक दुःख सुखमा साथ दिने अप्ठ्यारोमा हुँदा हात दिने । धनले नभए पनि मनले साथ दिने । आफ्नो जीवन साथी दुःखमा पर्दा अर्कैको साथ रोजेर जानेलाई त स्वार्थी भनिन्छ ।
रमेश जेलमा बसेको केही समयपछि रश्मीले रमेशको साथ छोडेर अर्कैलाई अङ्गालेर गई । रमेशको जीवनमा आगो झोसेर भागी । हृदय कोतरेर गई । मुटु लुछेर लागि ।
आफ्नो पहिचान देखाएरै दौडी । अब रमेशलाई जीवनका विडम्बनाहरु स्वभाविक लाग्न थालेका छन् । बिर्सिदियो उसले विगतका सबै कुराहरू । अब सम्झेर नै गरोस् ।
अहिले आएर रमेश सम्झिदैछ । जीवनका उकाली ओराली । हण्डर र ठक्करहरु । आफन्तका वेमतलबी । आखिर यहाँ कोहि रहेनछ जीवनमा आफ्नो भन्ने जीवन साथी, सन्तान, दाजुभाइ, आफन्त, साथीभाइ सब समाज सबै भ्रम नै रहेछ । अब त झन घर बदलियो, समाज बदलियो, आफन्त पनि बदलिए, साथीभाइ बदलिए । आफ्नै जीवन त बदलियो ।
बलेको आगो मात्र ताप्ने रहेछन् सबैले । जीवन एक बाङ्गोटिङ्गो यात्रा नै रहेछ । अतीत र वर्तमान उस्तै हँुदा रहेनछन् । अतीत फर्केर आउँदैन वर्तमान हिडिरहन्छ एउटा अनिश्चित यात्रामा ।
आफ्नै अगाडी ठिङ्ग उभिएको आफ्नै जिन्दगी जस्तोसुकै परिस्थितिमा पनि टुलुटुलु हेरिरहनुपर्ने आफ्नै आँखाहरुले । जीवन फुल बन्ने क्रममा असिना झरी बादल घाम पानी र तुफान सबै–सबै झेल्नु पर्दोरहेछ, सहनुपर्ने रहेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here