कानून अध्ययनमा विद्यार्थीको क्रेज …

फिचर राजनीति समाज

विगत एक दशकभन्दा अघिदेखि शिक्षाको ज्योति फैलाउँदै र सामाजिक उत्तरदायित्वसमेत वहन गर्दे व्यवहारिक, नैतिक तथा प्रयोगात्मक शिक्षा प्रदान गर्दै छोटो समयमा सबैको राम्रो सद्भाव पाउँदै आएको हिमाल एकाडेमी तुलसीपुरले यस शैक्षिक सत्रबाट कक्षा ११मा कानून, व्यवस्थापन र विज्ञान विषयको पठनपाठन शुरु गरेको छ । सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेसँगै स्थानीय तहमा कानूनको पर्याप्त जनशक्ति आवश्यक पर्ने भएपछि हिमालले यो वर्षदेखि कक्षा ११ मा कानून विषय को अध्यापन शुरु गरेको हो ।

लक्ष्य, दक्ष जनशक्ति उत्पादनको हो …

मधुसुदन के.सी. (प्रिन्सिपल)

हिमाल एकाडेमी तुलसीपुर, दाङले स्थापनाको एक दशकपछि कक्षा ११ सुरुवात गरेसँगै यो वर्षबाट कानून विषयको अध्यापन शुरु भएको छ । बजारमा बिक्न सक्ने गरी दक्ष जनशक्ति निर्माणको लागि कानून विषय पढाउने सोंच जागेको हो । कानून विषयको अध्ययन पश्चात् विद्यार्थीहरुका हरेक सम्भावनाका ढोकाहरु खुल्ला रहेको महसुस गरी यसै शैक्षिक सत्रदेखि राप्ती अञ्चलमा पहिलो पटक कानून विषयको पठनपाठन शुरु गरेका हौँ । हामीलाई यति पनि विश्वास छ कि यो देशको न्यायीक र अर्धन्यायीक क्षेत्रहरुमा आवश्यक जनशक्ति हाम्रो सानो प्रयासले पूरा हुनेछ ।


हिमाल एकाडेमी तुलसीपुर, दाङ ले कानून विषयको दक्ष जनशक्ति तयार गरी राष्ट्रको मागलाई पूरा गर्ने जनाएको छ । राप्ती अञ्चलका पाँच जिल्लामध्ये पहिलोपटक हिमालले कानून विषयको अध्यापनको लागि अनुमति पाएको छ । एसईईको परिणाम प्रकाशित भएसँगै विद्यार्थी, अभिभावकहरु बढी अलमलमा देखिन्छन् । कुन विषय पढ्ने, कुन कलेज पढ्ने ? भन्ने अन्यौल देखिन्छ । विश्व बजारको माग कुन विषयको छ ? तिनीहरुलाई त्यति धेरै थाहा हुँदैन ।

हिमाल एकाडेमी तुलसीपुर, दाङ ले कानून विषयको दक्ष जनशक्ति तयार गरी राष्ट्रको मागलाई पूरा गर्ने जनाएको छ । राप्ती अञ्चलका पाँच जिल्लामध्ये पहिलोपटक हिमालले कानून विषयको अध्यापनको लागि अनुमति पाएको छ ।


अध्ययन समाप्तसँगै सहज जागीरको उपलब्धता कुन विषयको छ विद्यार्थी, अभिभावक अनिवार्य रुपमा सजग र सचेत हुन आवश्यक देखिन्छ । डिग्री समाप्त भएसँगै हजारौँ, लाखौँ युवाहरु कामको खोजीमा भौतारी रहेको पनि देख्न सकिन्छ । तर कानून विषयको अध्ययनपछि अरु विषयजस्तो यो विषय पढेका विद्यार्थीहरु पछि अरु जस्तो पछुताउने अवस्थामा रहनुपर्ने छैन । यस सन्दर्भमा कानून विषयको महङ्खव र यसको स्कोप (क्षेत्र) को बारेमा राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख कानून विषयका अध्यापक तथा अधिवक्ता शालिकराम रेग्मी भन्नुहुन्छ । कानूनले नै राज्यमा ‘विधिको शासन’ स्थापित गर्नुका साथै व्यक्तिको अधिनायकवाद, निरंकुशतालाई समाप्त पारेर जनताका अधिकारको संरक्षण र सम्वद्र्धन गर्दछ । प्रजातन्त्रको मुलभूत सिद्धान्त र आदर्शलाई व्यवहारिक रुपमा स्थापित गर्दछ ।

कानूनले नै राज्यमा ‘विधिको शासन’ स्थापित गर्नुका साथै व्यक्तिको अधिनायकवाद, निरंकुशतालाई समाप्त पारेर जनताका अधिकारको संरक्षण र सम्वद्र्धन गर्दछ । प्रजातन्त्रको मुलभूत सिद्धान्त र आदर्शलाई व्यवहारिक रुपमा स्थापित गर्दछ ।


प्रवीणता प्रमाणपत्र तह समाप्तसँगै उनीहरु पाँच वर्षे एल.एल.बी.मा भर्ना भई ७ वर्षमा अधिवक्ता÷वकिल हुनको लागि बाटो खुल्छ । तर आज उनीहरु ६ वर्षको अध्ययन सिध्याएर बल्ल तीन वर्षे एल.एल.बी. भर्ना हुन पाउँछन् । जसको अध्ययन सिध्याउन ९–१० वर्ष लाग्छ । जसबाट उनीहरु समय र लगानी दुबैतर्फबाट उनीहरुले घाटा व्यहोर्नु परेको देखिन्छ । स्नातक तहको अध्ययन समाप्तसँगै अदालत, कानून मन्त्रालय लगायतका विभिन्न कार्यालयहरुमा कानूनसँग सम्बन्धित पदको जनशक्तिको अभाव देख्न सकिन्छ । अब स्थानीय तहमा कानून निर्माण, न्याय सम्पादन र उपयोगको लागि पनि उत्तिकै जनशक्ति आवश्यक छ । वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको न्याय सम्पादनको लागि पनि कानूनको जनशक्ति चाहिने भएकोले हाल आएर कानून विषयको माग दिनानुदिन बढ्दै गएको हो ।
विभिन्न अदालत, स्थानीय निकाय, कानून मन्त्रालय, प्रदेश स्तरमा पनि कानून पढेको जनशक्तिको आवश्यकता बढेको छ । यतिमात्र नभएर अन्य निकायमा पनि कानूनको विद्यार्थी प्रतिस्पर्धा गर्न सक्दछ । तर अन्य विषय पढेको व्यक्ति कानूनी क्षेत्रमा काम गर्न गाह्रो पर्दछ । कानून मन्त्रालयका मातहतका कार्यालयमा कानूनको विद्यार्थीलाई काम गर्न सहजता पनि हुन्छ, जो अरुलाई त्यो हुँदैन । जब त्रिविले प्रवीणता प्रमाणपत्र तह विस्थापित गरेपछि ११ र १२ मा कानूनको पठनपाठन बन्द भई हाल आएर यो समस्या सिर्जना भएको हो । कानूनी विषयको आधारभूत ज्ञान नभएका व्यक्तिको प्रवेशसँगै कानूनी जटिलताका कारण त्यो अवस्था हटाउन मन्त्रालयले फेरि कक्षा ११ र १२ को पठनपाठन शुरु गरेको जनाएको छ । कानून मन्त्रालय र न्यायपालिकामा कानून पढेकै जनशक्ति आवश्यकताबोध भएकोले न्याय समन्वय समिति र कानून मन्त्रालयको सिफारिसमा विद्यालय तह कक्षा ११ र १२ मा कानून विषयमा पठनपाठनका लागि सिफारिस गरेको हो । अब विद्यालय तहमा आधारभूत ज्ञान, विधिशास्त्र, संवैधानिक कानून र मानवअधिकार लगायतका विषयमा ज्ञान आर्जन गर्नेछन् । ११ र १२ को अध्ययनपछि पाँच वर्षे एल.एल.बी. अध्ययन गरेपछि सबै अवसरहरु खुला रहन्छ ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा यस वर्षका लागि कानून विषयको लागि जम्मा १००० पूर्णाङ्कमध्ये जम्मा ७०० पूर्णाङ्क राखेको छ । अनिवार्य अंग्रेजी ११ र १२ गरी २००, अनि अनिवार्य नेपाली ११ मा १०० छ भने बाँकी ७०० कानूनकै अध्यापन हुन्छ ।
कक्षा ११ मा कानूनको ३०० पूर्णाङ्क अध्ययन गर्ने विषयहरुः
a) Genreal Principles and Theories of Law (100), b) Nepalese Legal System (100), c) Constitutional Law & Nepalese Constitutions (100).
कक्षा १२ मा कानूनको ४०० पूर्णाङ्क अध्ययन गर्ने विषयहरुः
a) Legal Drafting (100)
b) Procedural Law (100)
c) Civil Law & Justice (50)
d) Criminal Law & Justice (50)
e) Human Rights (100).
यसरी विद्यार्थीले कानूनको मस्यौदा प्रक्रिया, कार्यविधि, कानून देवानी र फौजदारी मुद्दा र मानवअधिकारको पनि अध्ययन गर्दछन् । कानूनमा ११ र १२ सकिसकेपछि स्नातक तहमा अन्य संकायमा पनि अध्ययन गर्न सकिन्छ वा कानून स्नातक तह पूरा गरेपछि कानून व्यवसायी परिषद्को प्रवेश परीक्षा पनि दिनुपर्दछ र अधिवक्ताको उपाधि प्राप्त गरेपछि जिल्ला तहदेखि उच्च र सर्वोच्च अदालतमा न्यायधीश तथा न्याय परिषद्का सदस्यसमेत हुन सक्दछन् ।
हिमालले कानून अध्ययन गर्न सीमित कोटा रहेको जनाएको छ । सबैको आकर्षण अहिले आएर कानून विषय बनेको बताउनुहुन्छ प्राचार्य मधुसुदन के.सी. । धेरै विद्यार्थी भर्ना गर्नुभन्दा थोरै भर्ना गरेर दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको लक्ष्य रहेको उहाँको भनाई छ । विद्यालयले कानून विषयमा ४०, विज्ञानमा ८० र व्यवस्थापन संकायतर्फ १२० जना मात्र भर्ना लिइने छ ।

हिमालसंग ढुक्क छु …

अविरल चालिसे

मैले कक्षा सानै कक्षादेखि नै हिमाल एकाडेमी तुलसीपुर, दाङमा पढेको हुँ । दाङको उत्कृष्ट शैक्षिक गन्तव्य हिमाल एकाडेमी स्थापना कालदेखि नै उत्कृष्ट नतिजा निकाल्न सफल हुँदै आएको छ । यस वर्षको एसईईमा उत्कृष्ट नतिजा आयो । ३.८० जिपिए ल्याउन सफल भए । मैले ११ र १२ को लागि पनि हिमाल रोजे किनकी मलाई हिमालको व्यवस्थापकीय टिम र शैक्षिक गुणस्तरमा ढुक्क छु । मेरो भविष्य सफल बनाउन हिमाल एकाडेमी सहयोगी बन्नेछ ।


कानूनमा अवसर देखें …

श्रीया गौतम

मैले बाल सहारा इङ्लिस बोर्डिङ स्कुलबाट एसईई दिए । ३.२५ जिपिए आयो । त्यसपछि खुशीको सीमा रहेन । अब कहाँ र के पढ्ने होला ? मनमा धेरै खुलदुलीहरु भइरह्यो । अनि कक्षा ११ र १२ सम्म विज्ञान पढेर पछि एल.एल.बी. पढ्ने इच्छा थियो । पछि रेडियो सञ्जिवनी एफ.एम. तुलसीपुरबाट हिमाल एकाडेमी तुलसीपुर, दाङमा कानून विषयको पढाइ हुने समाचार सुनेपछि कक्षा ११ देखिनै कानून पढ्ने निर्णय गरेको हुँ । त्यसपछि तुलसीपुर आएर हिमाल एकाडेमीमा भर्ना भए । आजको अवस्थामा कानून विषयको माग धेरै भएको हुनाले र रोजगारीको सुनिश्चितता देखेपछि कानून विषय पढ्ने रहर जाग्यो । कानून विषयको अध्ययन गरेर कालोकोट लगाएर कानूनी राज्यको वकालत गर्ने आँट लिएकी छु ।


मेरो रोजाइमा कानून

बविता वि.क.

मैले नर्सरीदेखि नै यस हिमाल एकाडेमीमा अध्ययन गरेकी हुँ । एसईईमा उत्कृष्ट नतिजा ल्याएपछि मेरो पहिलो रोजाई कानून विषय नै रह्यो । कानून विषय पढेर देश र जनताको सेवा गर्ने लक्ष्य लिएकी छु । आशा छ, मेरो लक्ष्यमा पुग्न हिमाल सधैं सहयोगी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *