Saturday, April 20, 2024
Homeफिचरकाठसहित पाँच टेक्टर नियन्त्रण

काठसहित पाँच टेक्टर नियन्त्रण

- Advertisement -spot_img

देउखुरी, ३० पुस । वडा प्रहरी कार्यालय लमहीले कागजी प्रक्रिया नपुगेको भन्दै पाँचवटा काठ लोड गरिएका टेक्टर नियन्त्रणमा लिएको छ । शनिबार राति दश बजे लमही नगरपालिका वडा नम्बर १ को सुनडबरीबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अरुण कुमार सिंहले बताए । प्रहरीले टेक्टरसहित चालकलाई पनि पक्राउ गरेको छ । टेक्टरमा ४९.७६ क्युफिट सालको गोलिया र विभिन्न जातको अस्ना ५.९४ क्युफिट काठ रहेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर २ बनकट्टी निवासी रा १ त ३२२० नम्बरको टेक्टर चालक सहवीर चौधरी, लु ३ त १६७० नम्बरको टेक्टर चालक भोला चौधरी, बालकृष्ण चौधरी, वडा नम्बर ३ मजगाउँ निवासी लाहुरे चौधरी र भागीराम चौधरी रहेका छन् ।
वडा नम्बर १ को राष्ट्रिय वनबाट फल्कापुरमा रहेको भवानी काष्ठ मिलमा लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका काठको कागजपत्र कानुन बमोजिम नभएको, छुट पुर्जी अनुसार नभएको र काजगमा उल्लेख गरे अनुसार काठको जात नमिलेकोले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लमहीलाई बुझाएको प्रहरी निरीक्षक सिंहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here