कांग्रेस उर्जाशील बन्नुपर्छ

मुख्य खबर राजनीति

घोराही, १ जेठ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु उर्जाशील हुनुपर्ने बताएका छन् । जनताले कांग्रेसलाई विकल्पको रुपमा लिएकाले कांग्रेस अब उर्जाशील हुनुपर्ने बताएका हुन्् ।
घोराही उपमहानगरपालिका–१८ नेपाली कांग्रेस इकाई समितिले आयोजना गरेको वनभोज तथा कार्यकर्ताहरुसँग भेटघाट कार्यक्रममा सहभागीहरुले कांग्रेस उर्जाशील भए मात्रै सरकारले गरेका विकृतिहरुको अन्त्य हुने बताएका थिए ।
कांग्रेसको जागरण अभियानले जनतामा तागत तथा बढेकाले जनताको घर आँगनमा गएर विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्ने बताएका थिए ।
इकाई सभापति मधुसुदन अधिकारीको सभापतित्व एवं पूर्व जिल्ला सभापति विरकेशवरी गौतमको प्रमुख आतिथ्यता तथा पूर्व सांसद राजु खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व सभापति गौतमले नेपाली कांग्रेसका कार्यकर्ता तथा नेताहरु उर्जाशील नभएमा देश नै कमजोर हुने बताएका थिए । सरकारले गरेका भ्रष्टाचार, मनोमानी निर्णयलगायतका विकृतिहरुलाई सचेत गराउनुपर्ने बताए ।
त्यस्तै पूर्व सांसद राजु खनालले सरकारको ज्यादतीलाई नेपाली कांग्रेसले खवरदारी नगरेमा जनताले दुःख पाउने बताएका थिए । त्यसका लागि जनतालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति कमानसिंह भारती, जिल्ला सचिव शंकर डाँगी, जिल्ला सदस्य गोपालराज शर्मा, क्षेत्रीय सभापतिहरु भूपबहादुर डाँगी र गिरिराज सुवेदी, क्षेत्रीय सचिव बद्रि खड्का,
महिला संघकी अध्यक्ष गोमा रावत, कांग्रेस नेताहरु कमलकिशोर घिमिरे, भरतबहादुर न्यौपाने, प्रजातान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष गुरुप्रसाद कँडेल, नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकी,
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेलगायतले मन्तव्य राखेका थिए । महिला संघकी यशोदा पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण इकाई सचिव घनबहादुर रावतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *