कांग्रेसद्वारा विकास निर्माणको अनुगमन

मुख्य खबर

घोराही, २६ असार । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले घोराही उपमहानगरपालिकाभित्र भएका विकास निर्माणका कामहरुको अनुगमन गर्न सुरु गरेको छ । क्षेत्रीय सभापति भूपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिकाभित्र भएका विभिन्न विकास निर्माणका कामहरुको अनुगमन सुरु गरेको हो ।
टोलीले बुधबार र बिहीबार उपमहनगरपालिकाको वडा नम्बर ७, ८, ९, ११ र १२ मा भएका विभिन्न विकास निर्माणका कार्यहरुको अनुगमन गरेको हो ।
त्यसक्रममा विकास निर्माणका कार्यहरुमध्ये केही स्थानमा भएका कामहरु गुणस्तरिय नभएको स्थानीयबासीहरुले टोलीसँग गुनासो गरेको क्षेत्रीय सचिव बद्रिकुमार खड्काले जानकारी दिए । विशेषगरी कालोपत्रेलगायतका कामहरु बर्षाको समयमा भएकाले गुणस्तरीय नभएको पाईएका उनले बताए ।
निर्माण कम्पनी र लगानी गर्ने स्थानीय तहलगायत विभिन्न सरकारी कार्यालयहरुको लगानीमा भईरहेका कामहरु असारे झरीमा पनि भईरहेको पाईएको र यस विषयमा सम्बन्धित निकायलाई फोनमार्फत सचेत बनाउने काम भएको टोलीका नेतृत्वकर्ता एवं क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिए । अनुगमनलाई निरन्तरता दिदै अन्य वडाहरुमा पनि पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *