कांग्रेसको कारवाही

मुख्य खबर

तुलसीपुर, ४ असार । नेपाली कांग्रेसले पार्टीको नीति विपरीत काम गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीनवटै तहको निर्वाचनमा बागी उम्मेदवार दिने नेता तथा नेताका प्रस्तावक र समर्थकलाई कारवाही गरेको हो । पार्टीको नीति विपरीत काम गर्ने दाङका २२ जना नेता तथा कार्यकर्ता पार्टीबाट निस्कासनमा परेका हुन् ।
समितिको मंगलबार बसेको बैठकले तीनवटै तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका नेता डिल्लीबहादुर खड्का, डिल्लीबहादुर आचार्य, भगवती चौधरी, भोला हमाल, सन्तराम यादव, बुझौनी चौधरी, गयाप्रसाद यादव, हिरालाल यादव, गुरुदेव चौधरीलाई पार्टीबाट निस्काशन गरेको छ ।
त्यसैगरी खुसल रेग्मी, माधव रेग्मी, हेमन्त योगी, मानवहादुर वली, विरेन्द्रबहादुर डाँगी, तारा वली, मेघराज वली, खुमबहादुर वली,गोविन्दबहादुर वली, घनश्याम वली, महावीर चौधरी, बासुदेव बस्नेत, तेजबहादुर खत्री,अम्मरबहादुर बुढा, निमबहादुर खड्का, माधव लामिछाने, मोहन गुरुङ, राधादेवी न्यौपानेलाई कारवाही गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *