- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरकाँग्रेस सभापति देउवा दाङमा

काँग्रेस सभापति देउवा दाङमा

- Advertisement -spot_img

दाङ, २७ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आएका आउने भएका छन् । पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुन सभापति देउवा दाङ आएका हुन् । देउवा केही दिन दाङमा हुने कार्यक्रममा सहभागी हुने नेपाली काँग्रेस दाङले जनाएको छ ।
देउवाले आज घोराहीमा निर्माण गरिएको महामानव विपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर विपीको पूर्णकदको सालिकको अनवारण गर्नेछन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने जिल्ला सालिक निर्माण समितीका संयोजक एवं ंक्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीले जानकारी दिए । त्यसैगरेर तुलसीपुरको विपी चोकमा रहेको विपीको पूर्णकदको सालिकको पनि शनिबार अनावरण गर्नेछन् ।
त्यसै गरेर विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको सालिक राखिने स्थानको शिलान्याससमेत गर्नेछन् । भक्तपुर लगनखेलका कालिगड विष्णु बरालले निर्माण गरेको साढे ५ फिट अग्लो विपीको पूर्णकदको सालिक करिब साढे ५ लाख रुपैयाँमा तयार भएकोे संयोजक डाँगीले जानकारी दिए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ लाई नेपाली काँग्रेस दाङले विपीको सालिक निमार्णका लागि जिम्मेवारी दिएको थियो । क्षेत्रीय समितिले विपीको सालिक निर्माणमा करिव ३१ लाख रुपैयाँ आर्थिक संकलन गरेको सालिक निर्माण समितिका कोषाध्यक्ष आरके शितलले जानकारी दिए ।
२०६३ असार २७ गते घोराही नगरपालिकाको बोर्ड बैठकले घोराही कटरबोट चोकमा विपीको सालिक स्थापना गर्ने निर्णय गरेको थियो ।
यसैबीच भदौ २८ गते तुलसीपुरमा पनि विपीको सालिकको अनावरण गरिने भएको छ ।
तुलसीपुरमा पनि पार्टी सभापति देउवालगायत केन्द्रीय नेताहरुको उपस्थितिमा सालीक अनावरण गरिनेछ । शुक्रबार दिउँसो १ बजे हुने सालिक अनावरण कार्यक्रममा उपस्थित हुनका लागि शालिक अनवारण कार्यक्रममा सहभागी हुन नेता, कार्यकर्ता, प्रशासक,
कर्मचारी, उद्योगी, व्यवसायी, विपीका अनुयायी, भातृ तथा शुभेच्छुक संघ संस्था, व्यापारी सबैलाई आग्रह गरिएको छ । जिल्ला जिल्ला सभापति कीर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले एक विज्ञप्ति जारी गरी घोराहीमा शुक्रबार र शनिबार तुलसीपुरमा हुने सालिक अनावरण कार्यक्रममा उपस्थित हुन सम्पूर्णमा अनुरोध गरेका छन् ।
यसैबीच शुक्रबार नै घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा स्वर्गीय नेता खुमबहादुर खड्काको सालिक निर्माणस्थलको पनि पार्टी सभापति देउवाले शिलान्यास गर्ने कार्यकम रहेको नेपाली काँग्रेस दाङले जनाएको छ । अपराह्न ४ बजे नारायणपुरमा सालिक निर्माणस्थलको शिलान्यास गरिने त्रिपुरनगर सभापति दिपक पाण्डेले जानकारी दिए ।
यसैबीच नेपाली काँग्रेस जनजागरण अभियान दाङको प्रचारप्रसार समितिले असोज ७ गते घोराहीमा विशाल आमसभाको आयोजना गरिएको जनाएको छ । नेपाली काँग्रेस दाङका उपसभापति एवं जागरण अभियानका प्रचारप्रसार संयोजक कमानसिंह भारतीले आमसभामा उपस्थित हुन शुभेच्छुक सबैमा आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here