काँग्रेस नेता बस्नेत दाङ आउने

मुख्य खबर

घोराही, १० बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत दाङ आउने भएका छन् । नेपाली काँग्रेसको बैशाख ११ गते लोकतन्त्रको दिवसको दिनेदेखि शुरु हुने देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्न दाङ आउने भएका हुन् ।
राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत दाङमा पनि बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको छ । ‘हिमाल पहाड तराई मधेस, नेपाली काँग्रेसँ भन्ने मूल नाराका साथ देशभर सञ्चालन गर्न लागेको राष्ट्रिय जागरण अभियानअन्तर्गत पहिलो दिन घोराहीमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस दाङका पार्टी सभापति कीर्तिबहादुर खड्काले बताएका छन् ।
बैशाख ११ गते बुधबार घोराही उपमहानगरपालिकाको हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण नेता कार्यकर्ता, भातृ संघ संगठन, सुभेच्छक संघसंस्थाहरुलाई अनुरोध गरेका छन् ।
यस्तै बुधबार दाङमा हुने कार्यक्रममा सहभागिताका लागि नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ ले पनि सम्पूर्ण क्षेत्रीय समिति, भातृ संघसंगठन एवं शुभेच्छुक संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।
क्षेत्रीय सभापति भूपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सोमबार विज्ञप्ति निकालेर बुधबार बिहान ११ बजे घोराही उपमहानगरपालिकाको हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्णमा अनुरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *