- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरकाँग्रेसले जागरण अभियान गर्ने

काँग्रेसले जागरण अभियान गर्ने

- Advertisement -spot_img

दाङ, २० भदौ । नेपाली काँग्रेसले यही भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । जननायक वीपी कोइरालाको १०६औं जन्मजयन्तीको अवसर पारेर काँग्रेसले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने काँग्रेसले जनाएको छ । तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित गरेर सञ्चालन हुने अभियानका लागि सोही संख्यामा केन्द्रीय प्रतिनिधिहरु खटाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमझैं छरितो स्वरूपमा हुने बताए । प्रवक्ता शर्माले दोस्रो चरणको अभियानमा एउटा मात्रै सभाको कार्यक्रम तय गरिएको जानकारी दिए ।
उनका अनुसार अभियानको अन्तिम दिन असोज ७ गते काँग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
प्रवक्ता शर्माले समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दाहरुलाई पनि प्राथमिकताका साथ उठाइने बताए । काँग्रेस बढ्दो महंगीका विरुद्ध, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध, बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध जान लागेको हो ।
यसैबीच दोस्रो चरणको जागरण अभियानका क्रममा काँग्रेसले तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार बिरुवा रोप्ने भएको छ । जननायक वीपी कोइरालाको १०६औं जन्मजयन्तीको प्रतिक स्वरूप १ सय ६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गर्ने काँग्रेसको तयारी छ ।
जसअनुसार काँग्रेसले ७७ जिल्लामा एकैदिन ३४ हजार ९ सय ८० विरूवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याइने उद्देश्य राखेको प्रवक्ता शर्माले जानकारी दिए । उनले वृक्षारोपणका लागि प्रतिकूल मौसम भएका क्षेत्रमा उद्घाटनका दिन निश्चित स्थलमा रूख विरूवाको गोडमेल, घेराबार अथवा अनुकूलताका अन्य रचनात्मक कार्य गरिने बताए ।
प्रवक्ता शर्माले भने ‘त्यस बाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।’
अभियानका क्रममा काँग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here